कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

३३ किलो सुन प्रकरण: महाशाखाका सई गजेन्द्र रावल नियन्त्रणमा

जनकराज सापकोटा

काठमाडौँ — महानगरीय प्रहरी अपराध महाशाखाका सई गजेन्द्र रावललाई ३३ किलो सुन प्रकरणमा बनेको अनुसन्धान समितिले नियन्त्रणमा लिएको छ । 

३३ किलो सुन प्रकरण: महाशाखाका सई गजेन्द्र रावल नियन्त्रणमा

सई रावलको सुन तस्करीका मुख्य नाइके गोरे भन्ने चुडामणि उप्रेतीसँग सम्पर्कमा रहेको देखिएपछि छानविनको लागि नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतको दाबी छ ।

स्रोतका अनुसार झण्डै एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कक्षबाट बाहिरिएको एक गाडीभित्र रहेको दुई केजी सुन गोरेले दिएको सूचनाका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो ।

समितिले सोमबार महाशाखाका अर्का सई बालकृष्ण सञ्जेलसँग यही प्रकरणमा दोस्रो पटक बयान लिएको थियो । सञ्जेल तिनै सई हुन् जसको गोरेसँगको निरन्तर सम्पर्क देखिन्थ्यो ।

सञ्जेललाई यसअघि नै प्रहरी प्रधान कार्यालयमा तानिसकिएको छ ।

प्रकाशित : वैशाख १०, २०७५ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?