कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

जनकपुरमा मोदी भ्रमणको तयारी

धनुषा — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दूतावासका अधिकारीहरूले स्थलगत अध्ययन गरेका छन् ।

जनकपुरमा मोदी भ्रमणको तयारी

भ्रमणको तयारी गर्न गृहमन्त्रालय र नेपालस्थित भारतीय दूतावासका अधिकारीको टोली स्थलगत अध्ययन गरी फर्केको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए । ‘मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ,’ उनले भने, ‘जानकी मन्दिर दर्शन गर्ने रूट, सम्बोधनका लागि तिरहुतिया गाछी, रंगभूमि मैदान बाह्रबिघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ ।’

मोदीको भ्रमण तयारीका लागि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसहित भारतीय सुरक्षा प्रमुखहरूको प्रथम ‘भिजिट’ भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले बताए । ‘सुरक्षा र प्राविधिकको दोस्रो र तेस्रो भिजिटपछि मात्रै मोदीको कार्यक्रम तय हुनेछ,’ उनले भने, ‘पहिलो भिजिटका आधारमा स्थानहरू पहिचान भएपछि सातापछि पुन: सुरक्षा निकायको टोली जनकपुर आउनेछ ।’ तेस्रो भिजिटपछि मात्र मोदीको कार्यक्रम सार्वजनिक हुने उनले बताए ।

भ्रमण तयारीका लागि जनकपुर आएका अधिकारीहरू फर्किए पनि राजदूत पुरी भने यतै छन् । उनले प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थसँग शिष्टाचार भेट गरेका छन् ।

प्रकाशित : वैशाख ११, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?