बस र ट्रक जुद्धा एकको मृत्यु, २४ घाइते

रमेशकुमार पौडेल

चितवन — नारायणगढ-मुग्लिन सडक खण्डमा मंगलबार बिहान यात्रु बस र ट्रक एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार २४ जना घाइते भएका छन् ।

बस र ट्रक जुद्धा एकको मृत्यु, २४ घाइते

इटहरीबाट काठमाडौं जाँदै गरेको ना ६ ख १५२१ नम्बरको यात्रु बस विपरित दिशा अर्थात मुग्लिनबाट नारायणगढ तर्फबाट आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो ।

बिहान सवा छ बजे ईच्छाकामना-५ स्याउली बजारमा भएको सो दुर्घटनामा निधन हुनेमा बसका सहचालक मकवानपुर ४४ वर्षीय चन्द्रबहादुर तिमिल्सिना रहेको चितवन प्रहरीले जनाएको छ ।

घाइतेमध्य १९ जनाको भरतपुरको पुरानो मेडिकल कलेज र पाँचजनाको नयाँ मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?