२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विकास गर्न लाग्दा अधिनायकवाद लाद्न खोज्यो भनियोः प्रधानमन्त्री ओली

मदन भण्डारीको सालिकसँग ओलीको पोज

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले देश विकास गर्न खोज्दा विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेको बताएका छन् ।

विकास गर्न लाग्दा अधिनायकवाद लाद्न खोज्यो भनियोः प्रधानमन्त्री ओली

मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले भने, 'मुलुकलाई थितिमा चलाउन खोज्दा अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेका छन् । अधिनायकवाद होइन अहिलेको सरकारलाई साँच्चै सरकार जस्तो चलाउन खोजिएको मात्रै हो ।'

उनले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन सरकारले बेथितिलाई ट्र्याकमा ल्याएर काम गरिरहेका बताए ।

उनले अब सडकमा जताततै बन्द हड्दान गर्न नदिने दोहोर्‍याउँदै भने, 'पहिला तिमीहरुले पनि सडक बन्द गरेका थियौ भन्नेलाई मेरो जवाफ छ- त्यतिबेला निरंकुशता र राजतन्त्र ढाल्न गरेका थियौं । अहिले त्यो स्थिति छैन । त्यसैले जताततै बन्द हड्ताल गरेर जनतालाई दुःख दिन पाइन्न ।'

यस्तै प्रधानमन्त्री ओलीले मदन भण्डारी एउटा पार्टीको मात्रै नेता नभएर देशकै नेता भएको उल्लेख गरे । उनले पार्कलाई देखाउँदै भने, 'यहाँ पार्क बन्नु भन्दा पहिला भिरालो थियो । घाँस उम्रिएका थिए । निर्माण पछि अहिले सुन्दर भएको छ । हो, हामी पनि देशलाई यस्तै सुन्दर बनाउँछौं ।'

सार्वजनिक हितका लागि अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको आजको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

तस्बिरहरुः इलिट जोशी/कान्तिपुर

प्रकाशित : वैशाख ११, २०७५ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?