कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठगी अारोपमा राप्रपा नेता एवं हर्बोका पूर्वसञ्चालक पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नक्कली लालपुर्जा पेस गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका नेटवर्क कम्पनी सञ्चालक पुष्पराज पौडेल पक्राउ परेका छन् ।

ठगी अारोपमा राप्रपा नेता एवं हर्बोका पूर्वसञ्चालक पक्राउ

'पुरुष' नामले समेत चिनिने पौडेलले पर्सा मनीहारीको रुदल राउतको नाममा रहेको साढे १६ कठ्ठा जग्गाको नक्कली लालपुर्जा बनाएर हाम्रो ग्रुप अफ ईन्भेष्टमेन्टमा पेस गरेका थिए ।


कुनै समय हर्बो नामक नेटवर्क कम्पनीमा पुष्पराज अध्यक्ष रहेको हाम्रो ग्रुपले आर्थिक लगानी गरेको थियो । अवैध नेटवर्किङ व्यवसाय गरेको भन्दै हर्बो कम्पनीका सञ्चालकहरु पक्राउ परेका बेला पुष्पराजलाई पनि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । ३६ दिन थुनमा बसेर मुक्त भए पनि पुष्पविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।


पुष्प ईन्भेष्टमेन्ट कम्पनीबाट बाहिरिएपछि उक्त कम्पनी दिपेन्द्रबाबु कार्की अध्यक्ष रहेको नयाँ बोर्ड सदस्यहरुले जिम्मा लिएका थिए । नयाँ बोर्डले पुष्पसँग हर्बोमा लगानी गरेको रकम माग गरेपछि उनले पर्सामा रहेको जग्गा कम्पनीलाई दिने भन्दै लालपुर्जा पेस गरेका थिए ।


राप्रपाका केन्द्रीय सदस्य र कलाकार समेत रहेका पुष्पराज आफूलाई जयसंगत दर्शनको प्रवर्तक बताउने गर्छन् । परिसरका प्रवक्ता डिएसपी मोहन थापाले उनीविरुद्ध ठगी मुद्दा चलाइने बताए ।

प्रकाशित : वैशाख ११, २०७५ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?