कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

तस्करीको सुन ओसारपसारमा संग्लन चिनियाँ नागरिक पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्रिएको २२ किलो अवैध सुनको कारोबारमा संग्लन चिनियाँ नागरिक जे झोङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले पक्राउ गरेको छ ।

तस्करीको सुन ओसारपसारमा संग्लन चिनियाँ नागरिक पक्राउ

सी ए कल साईनको एअर चाईनाको विमानमार्फत छेन्दु हुँदै काठमाडौं आएकी झोङको ई ३७४७६९८७ नम्बरको पासपोर्ट अध्यागमन ईन्ट्रीका बेला ब्ल्याकलिस्टमा रहेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान विभागले २०७४ भदौ १५ गते टोखास्थित पेम्बा दोर्जे शेर्पाको कोठाबाट १४ किलो र जनकपुरबाट एक किलो सुन बरामद गरेको थियो । ब्युरोले काठमाडौं भित्रिएको २२ मध्ये सात किलो सुन भने भारत भित्रिएको ब्यूरोको निष्कर्ष थियो । उक्त सुनको ओसारपसारमा झोङको संग्लनता देखिएको ब्यूरोको दाबी छ ।


घटना सार्वजनिक भएलगत्तै ब्यूरोले विमानस्थलस्थित अध्यागमन कार्यालयलाई सुनसँग जोडिएको मुद्दामा झोङको संग्लनता देखिएका भन्दै उनको पासपोर्ट नम्बर दिएर निगरानी गर्न पत्राचार गरेको थियो । तस्करीको उक्त सुनको मालिक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेल रहेको ठहर गर्दै प्रहरीले उनीसहित ११ जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा चलाएको थियो । प्रहरीले पाँच वर्ष कैद सजाय र १० करोड ४६ लाख जरिवाना माग दाबी गरेको थियो ।


प्रहरीले न्युरोड क्षेत्रमा बसेर हुण्डी र सुनको कारोबार गर्ने सुन्दर खड्का, कृष्ण खड्का र रमेश खड्कालाई समेत प्रतिवादी बनाएको थियो । तस्करीका मुख्य नाइके भनिएका पौडेल एक लाख धरौटी बुझाएर मुक्त भइसकेका छन् । पक्राउ परेका पेम्बाले प्रहरी बयानका क्रममा उक्त सुन एक चिनियाँ नागरिकले दिएको र त्यसलाई काठमाडौं हुँदै भारत पठाउने योजना रहेको बताएका थिए । उनले आफ्नै कन्टेनरमा राखेर केरुङ हुँदै राजधानी भित्र्याएको बताएका थिए ।


ब्यूरो प्रमुख डिआईजी पुष्कर कार्कीले पक्राउ परेकी झाङमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने बताए । कान्तिपुरसँग कुराकानी गर्दै उनले भने, ‘थप बयानले सुन तस्करीबारे नयाँ तथ्य खुल्ने आशा गरेका छौं ।’

प्रकाशित : वैशाख ११, २०७५ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?