एकता भाँड्न विदेशी शक्ति केन्द्र लागे : दाहाल 

रौतहट — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागेको भन्दै एकता प्रक्रियाको अन्तिम लडाईंमा आफ्ना ठाँउबाट उत्रन कार्यकर्तालाई आव्हान गरेका छन् । 

एकता भाँड्न विदेशी शक्ति केन्द्र लागे : दाहाल 

रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दाहालले वाम एकता जनताबाट अनुमोदित विषय भएकाले यसमा बिलम्ब गर्नु नहुने बताए ।

‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीलाई सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ,’ उनले भने ।

पार्टी एकता लामो समयको अभ्यासको परिणाम भएको भन्दै उनले एकताको विषय सजिलो नभएको बताए । ‘कम्युनिष्टहरुबीच एकता गर्ने विषयमा मदन भण्डारीसँग त्यतिबेला छलफल गर्ने कुरा भएको थियो, तर उहाँको बीचमै हत्या भयो,’ दाहालले भने ।

शुक्रबार दुवै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्बन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने दाहालले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?