कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कार्यकर्तालाई आश्वस्त पार्दै दाहाल 

शिव पुरी

रौतहट — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समानता, सम्मान र न्यायोजित ढंगले एकता हुने कार्यकर्तालाई आश्वासन दिएका छन् । 

कार्यकर्तालाई आश्वस्त पार्दै दाहाल 

रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार भेटघाटका क्रममा जिल्ला तहका नेता कार्यकतालाई न्यायोचित र सम्मानजनक ढंगले एकता हुने बताए । एकताका बारे आश्वस्त पार्दै उनले तल्लो तहमा एमाले–माओवादीका नेता कार्यकर्ता बिचको सम्बन्धका बारेमा चासो लिएका थिए ।


हतारमा एकता गर्दा पछि बिभिन्न झमेला हुने भन्दै दाहालले कार्यकर्ताको भावना अनुसार चाडै एकता टुंग्याउने आश्वासन दिए । आफु राजधानी फर्के पछि यस बिषयमा धेरै कुरा हुने उनले बताए ।


पार्टी एकताका बारेमा जानकारी लिन कार्यकर्ताको लर्को लागेको थियो । उनले बिहान एक घण्टा कार्यकर्तालाई पार्टीको धारणा र अवस्थाका बारेमा जानकारी गराएका थिए ।


पूर्व सांसद देबेन्द्र पटेल पार्टी एकता गरिदा धेरै कुरा बिचार गर्न आग्रह गरे । ‘पार्टी एकता भनिएको छ । तर गतिबिधि छैन । एकता भए नभए पनि गतिबिधि हुनु पर्‍यो । नत्र ग्रासरुटमा गाहे हुन्छ,’ पटेलले दाहाललाई भने, ‘अस्तित्व र सम्मान सहितको एकता हुनुपर्‍यो ।’


जुडिबेलामा निर्माण हुन लागेको सडकको शिलान्यास गर्न आएका दाहालले बिहान कार्यकर्तालाई एकताका बारेमा आश्वस्त पारेका थिए । उनले एमाले र माओवादी दुबैलाई पायक हुने गरी एकता हुने जनाए ।

प्रकाशित : वैशाख १३, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?