कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

बयान दिँदादिँदै भागेका डिएसपी सम्पर्कमा

जनकराज सापकोटा

काठमाडौँ — बयान चल्दै गर्दा सिंहदरबारस्थित गृह मन्त्रालयबाट समितिलाई थाहै नदिई हिँडेका डिएसपी सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् । 

बयान दिँदादिँदै भागेका डिएसपी सम्पर्कमा

राउतसँग ३३ केजी सुन तस्करीको विषयमा अनुसन्धान गर्न बनेको विशेष समितिले अनुसन्धानका निम्ती उनी कार्यरत इटहरीबाट काठमाडौं झिकाइएको थियो । ११ गते उनी बयान चल्दै गर्दा समिति सदस्यलाई झुक्याएर भागेका थिए । बुधबार मात्रै समितिको निर्देशनमा राउतलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यलय र ७७ वटै जिल्लामा सर्कुलर गरिएको थियो ।


स्रोतका अनुसार बुधबार राति नै डिएसपी राउत समितिको सम्पर्कमा आएका थिए । अहिले उनी बयानका निम्ति भन्दै गृह मन्त्रालय पुगेका छन् ।


सुन तस्करी सम्बन्धी सबै समाचार एकै स्थानमा यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : वैशाख १३, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?