कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संघीय संसद्‌मा सचिव नियुक्तिको बाटो खुल्यो 

राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

काठमाडौँ — राष्ट्रपति विद्या भण्डारीले बिहीबार चार अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सिफारिस गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसद्‍का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।

संघीय संसद्‌मा सचिव नियुक्तिको बाटो खुल्यो 

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गरेको यी चार अध्यादेश जारी गरेकी हुन् ।



अघिल्लो सरकारले बेपत्ता व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सिफारिस गरेअनुसार जारी भएको थियो । प्रतिनिधि र राष्ट्रियसभा बैठक बसेको ६० दिनभित्र प्रमाणिकरण गरिसक्नु पर्नेमा सरकारले ढिलाई गरेपछि एक सातापछि निस्कृय हुँदै थियो । एक साताभित्र संसद्‍ नबस्ने भएपछि सरकारले पुन: अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।


संघीय संसद्‍का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश जारी भएसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभा सचिव नियुक्ति गर्न बाटो खुलेको छ ।


सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाल सिफारिस गरेका थिए ।

प्रकाशित : वैशाख १३, २०७५ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?