कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नविनाले बिरामीलाई दिइन् विवाह खर्च

काठमाडौँ — एमाले सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले विवाह खर्च कटाएर मृगौला बिरामीलाई १ लाख ५१ हजार रुपैयाँ प्रदान गरेकी छन् । 

नविनाले बिरामीलाई दिइन् विवाह खर्च

दुवै मृगौला फेल भएर वीर अस्पतालमा उपचारार्थ अनेरास्ववियु पाल्पा अध्यक्ष २५ वर्षीय प्रेम बगालेलाई उक्त रकम हस्तान्तरण गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।


अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग बिहीबारमात्रै नविनाले विवाह गरेकी थिइन् । विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत हजारौं नेता, कार्यकर्ता र शुभेच्छुकको उपस्थिति थियो ।

प्रकाशित : वैशाख १३, २०७५ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?