कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अपहरण शैलीमा चार नेपालीलाई भारतमा दश घण्टा बन्धक

कमल पन्थी

बर्दिया — भारत उत्तरप्रदेश राज्य बहराईच जिल्ला मोतीपुर थाना अन्तर्गत वन तस्करले रुख काटेर नेपालीलाई बेचेको भन्दै किनमेल गर्न गएका चार सर्वसाधरणलाई वनका दरोगा(असई)ले कुटपिट गर्दै बन्धक बनाएका छन् । नेपाली सुरक्षा अधिकारीको अथक प्रयासपछि उनीहरुलाई करिब दश घण्टा पछि मुक्त गरिएको छ । 

अपहरण शैलीमा चार नेपालीलाई भारतमा दश घण्टा बन्धक

सीमावर्ती मिरकिया वन चौकीका दरोगा(असई) अविनाश तिवारीले नेपाली सुरक्षाकर्मीलाई सीमावर्ती बढैयाताल गाउँपालिका स्थित वीर बहादुर नेपालीको घरमा पुराएको काठ फिर्ता गर्न दबाब दिएका थिए । त्यसो नगरिए नियन्त्रणमा लिएका सर्वसाधरण विरुद्ध वन मुद्दा लगाई बहराईच कारागार चलान गर्ने दबाब दिँदै दश घण्टा बन्धक बनाएका हुन । काठ फिर्ता नभएको भन्दै दरोगा तिवारीले भारतीय बजार बलैगाउँ किनमेल गर्न अटो रिक्सा लिई जान लागेका चार सर्वसाधरणलाई अपहरण शैलीमा दुर्व्यवहार गर्दे वन चौकी पुर्‍याएका थिए ।


बढैयाताल जमुनीस्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका ईन्चार्जले पक्राउ गरिएका सर्वसाधरणलाई बिहीबार राति ९ बजे हिरासतबाट मुक्त गराएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्र मल्लले बताए । भारतीय वन अधिकारीले सीमावार किनमेल गर्न गएका सर्वसाधरण नेपाली नागरिकलाई अपहरण शैलीमा बार्गेनिङ्ग गरेकोमा सीमावर्ती गाउँका बासिन्दा आतंकित भएका छन् ।

प्रकाशित : वैशाख १४, २०७५ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?