१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

विवादास्पद फैसलामा जोडिएका न्यायाधीश सर्वोच्च तानिए

कृष्ण ज्ञवाली

काठमाडौँ — बहुविवाहको एक मुद्दामा गरेको फैसला विवादास्पद भएपछि जिल्ला न्यायाधीश चुरामन खड्का सर्वोच्च अदालतमा तानिएका छन् ।

विवादास्पद फैसलामा जोडिएका न्यायाधीश सर्वोच्च तानिए

कामु प्रधानन्यायाधीश दीपकराज जोशीको संयोजकत्वमा रहेको सर्वोच्च अदालतको विशेष समितिले शुक्रबार उनलाई तत्कालका लागि सर्वोच्च अदालतमा तानेको हो ।


समितिले उनी दाङ जिल्ला अदालतमा हुँदा गरेको फैसलामाथि समेत अनुसन्धान थालेको छ । खड्का भने जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए । कामु प्रधानन्यायाधीशसहित ५ जना वरिष्ठ न्यायाधीशहरु उक्त समितिमा रहन्छन् ।

समितिमा ओमप्रकाश मिश्र, चोलेन्द्रशम्सेर जबरा, दीपककुमार कार्की र केदार चालिसे सदस्य छन् ।

‘समितिले गरेको अनुसन्धानमा प्रारम्भिक दृष्टिले नै केही अस्वभाविक संकेतहरु देखिएकाले यो कदम चालिएको हो,’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘अनुसन्धानका क्रममा न्यायीक विचलन देखिए फाइल न्यायपरिषदमा जानेछ र त्यताबाट थप कारवाही होला ।’

स्रोतका अनुसार यसअघि नै पीडित पक्षले सर्वोच्च अदालतमा पेश गरेको कागजात समेतको प्रारम्भिक अध्ययनपछि समिति यस्तो निष्कर्षमा पुगेको हो ।

कान्तिपुर दैनिकको अनलाईन संस्करणमा प्रकाशित समाचारका आधारमा समितिले छानबिन थालेको हो ।


प्रकाशित : वैशाख १६, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?