कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन 

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले विधानविपरीत गठन गरेका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा ती दुवै समिति विघटन भएको जानकारी सभापति देउवाले बैठकमा जानकारी गराएका हुन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन 

निर्वाचन हारको जिम्मेवारी सभापतिले लिने कि नलिने र यी दुई समिति विघटन गर्ने कि नगर्ने भन्नेमा लामो विवाद चलेको थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पार्टी विधानविपरीत गठन भएका दुवै समिति विघटन गर्नुपर्ने र निर्वाचन हारको जिम्मेवारी सभापतिले लिनुपर्ने अडान राख्दै आएका थिए ।

सभापतिले पार्टीको औपचारिक निर्णयमा उल्लेख नगरी आफैंले बैठकमा सम्बोधन गर्दा विघटन भएको जानकारी गराउने गरी सहमति भएको थियो । निर्वाचन हारमा पनि सभापति देउवाले नैतिक जिम्मेवारी पनि लिन नमानेपछि केन्द्रीय कार्यसमितिले लिनेगरी बीचको बाटो सुझाइएको थियो ।

प्रकाशित : वैशाख १६, २०७५ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?