२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बुद्ध जन्मस्थलबारे बहस नगर्नुस्ः प्रधानमन्त्री

दीपेन्द्र बडुवाल

लुम्बिनी — प्रधानमन्त्री केपी ओलीले बुद्ध नेपालमा जन्मेकोबारे कुनै प्रश्न नरेहकाले त्यसलाई बहसको विषय नबनाउन भनेका छन् । सोमबार यहाँ २५६२ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्दै उनले जन्मस्थलबारे अहिलेसम्म कुनै द्विविधा नरहेकाले यसलाई बेला–बेला बहसको विषय नबनाउन भनेका हुन् । 

बुद्ध जन्मस्थलबारे बहस नगर्नुस्ः प्रधानमन्त्री

‘आजैबाट बुद्ध जन्मस्थलबारे अनावश्यक बहस गर्न छाडौं,’ कार्यक्रममा सहभागी विदेशी पाहुनासँग अनुरोध गर्दै भने, ‘तपाईंहरुको मुलुकका पाठ्यपुस्तकमा कही कतै त्यस्तो भ्रम उल्लेख भए मेटाछाउनुस ।’


त्यसरी मेटाउन आफूले पनि कुटनीतिक पहल गर्ने उनले बताए । ‘यहाँ लेखिएको होइन, देखिएको इतिहास छ,’ उनले भने, ‘त्यसैले देखिएको कुरामा बहस उपयुक्त हुन्न ।’ यहाँ बुद्ध जन्मेको र उनको दर्शनको विकास पनि यहीं भएको पुष्टी भइसकेको बताए ।


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोह सम्बोधन गर्न यहाँ आएका उनले लुम्बिनी सँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर विकास गरिने बताए । त्यसका लागि आवश्यक अध्ययन पुरा गरेर पूर्वाधारका काम अघि बढाइने बताए ।

प्रकाशित : वैशाख १७, २०७५ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?