२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
समाचार

News

समाचार टिप्पणी : ३३ किलो सुन चाहिँ कहाँ छ ?

‘यति धेरथोक सार्वजनिक भइरहेको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ ?’ जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले बुधबार बिहान कार्यकक्षमा मिठो शैलीमा यो जिज्ञासा राखिरहँदा सञ्चारकर्मीहरूले पनि मुस्कान रोक्न सकेनन् ।

समाचार टिप्पणी : ३३ किलो सुन चाहिँ कहाँ छ ?

माओवादी बैठकमा दाहालको ब्रिफिङ : ‘एकता प्रक्रिया निष्कर्ष उन्मुख’

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको एकता प्रक्रिया सकारात्मक दिशामा अघि बढेको बताएका छन् । माओवादी सचिवालय बैठकमा बुधबार दाहालले दुई दलबीचको छलफल सकारात्मक निष्कर्ष निक्लने विन्दुतर्फ अग्रसर भएको ब्रिफिङ गरेका हुन् ।

माओवादी बैठकमा दाहालको ब्रिफिङ : ‘एकता प्रक्रिया निष्कर्ष उन्मुख’

काबुल विस्फोटमा  मृत्यु भएका पत्रकारहरुको सम्झनामा दिप प्रज्वलन

गत सोमबार अफगानस्थानको राजधानी काबुलमा  फोटो पत्रकार सहित पत्रकारलाई लक्षित गरी गराइएको बम विस्फोटमा परी मृत्यु हुनेहरुको सम्झनामा बुधबार राजधानीमा दिप प्रज्वलन गरिएको छ । 

काबुल विस्फोटमा  मृत्यु भएका पत्रकारहरुको सम्झनामा दिप प्रज्वलन

सुन तस्करी काण्डमा ६३ जनाविरुद्ध मुद्दा दायर

साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा बुधबार ६३ जनामाथि जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । तीमध्ये पक्राउ परेका २९ जनाका साथै फरार रहेका ३४ जना गरी ६३ जनामाथि मुद्दा दर्ता भएको हो ।

सुन तस्करी काण्डमा ६३ जनाविरुद्ध मुद्दा दायर

सिँचाइ अर्थतन्त्रको आकार बढाउन महत्वपूर्ण : ऊर्जामन्त्री

ऊर्जा मन्त्री वर्षमान पुनले समग्र अर्थतन्त्र र विकासको आकार बढाउन सिँचाइ महत्वपूर्ण भएको बताएका छन् । ‘सिँचाइले कृषि विकास गर्ने मात्र नभई समग्र अर्थतन्त्र बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ अन्तर्राष्ट्रिय सिँचाइ तथा जल निकास नियोग (आइसीआइडी) को ८ औँ एसियाली क्षेत्रीय सम्मेलनमा बोल्दै मन्त्री पुनले यस्तो धारणा राखेका हुन् ।

सिँचाइ अर्थतन्त्रको आकार बढाउन महत्वपूर्ण : ऊर्जामन्त्री

मोदीको नेपाल भ्रमण:मुक्तिनाथमा अस्थायी आइसीयूको तयारी  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले मुक्तिनाथमा आकस्मिक अतिसघन उपचार कक्ष(आइसीयू)को संरचना तयार पार्ने भएको छ ।

मोदीको नेपाल भ्रमण:मुक्तिनाथमा अस्थायी आइसीयूको तयारी  

बिरामीको मृत्युपछि तुल्सीपुरमा तनाव, डाक्टर र मेडिकल सञ्चालक प्रहरीको नियन्त्रणमा  

उपचारमा लापरबाहीका कारण तृलसीपुरमा एक बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले मेडिकल घेराउ गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचारमा गएकी तुलसीपुर-७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले घेराउ तथा प्रदर्शनसहित नाराबाजी गरेका छन् ।

बिरामीको मृत्युपछि तुल्सीपुरमा तनाव, डाक्टर र मेडिकल सञ्चालक प्रहरीको नियन्त्रणमा  

प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

संयुक्त विद्यार्थी संगठनले बुधबार निजी विद्यालयको चर्को शुल्क वृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै देशभरका निजी विद्यालयको संगठनको कार्यालयमा तालाबन्दी गरेका छन् । 

प्याब्सन र एनप्याब्सनमा तालाबन्दी

डब्लूएचअोको नेपाललाई सहयोग गर्ने पञ्चवर्षीय रणनीति  

विश्व स्वास्थ्य संगठन(डव्लूएचओ)ले संघीय संरचनामा सार्वभौमिक स्वास्थ्यको पहुँच लगायतका विभिन्न क्षेत्रमा नेपाललाई सहयोग गर्ने पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।

डब्लूएचअोको नेपाललाई सहयोग गर्ने पञ्चवर्षीय रणनीति  

भेरी–बबई आयोजनाको ताला खुल्यो

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा लागेको ताला खुलाइएको छ । आयोजना र प्रभावित क्षेत्रका बासिन्दाबीच बुधबार माग पुरा गर्ने लिखित सहमति भएपछि ताला खुलाइएको हो ।

भेरी–बबई आयोजनाको ताला खुल्यो

कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र

सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र

विहेको अघिल्लो दिन भागेका युवकलाई सार्वजनिक मुद्दा

विवाह लगनको अघिल्लो दिन घरबाट वेपत्ता भएका एक युवकलाई करिब ३ महिनापछि प्रहरीले सार्वजनिक अपराध ऐनको मुद्दा चलाएको छ । 

विहेको अघिल्लो दिन भागेका युवकलाई सार्वजनिक मुद्दा

सुन तस्करी काण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी दिवेश लोहनीलाई पक्राउ गरेको छ । मंगलबार बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका लोहनीलाई पक्राउ पुर्जी थमाएर अदालत पेस गरिएको हो ।

सुन तस्करी काण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

वैशाख २६ गतेदेखि प्रि बजेटमाथि छलफल : सभामुख

आगामी आर्थिक वर्षको प्रि बजेटमाथि वैशाख २६ गतेदेखि छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महराले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक (प्रि बजेट) माथि छलफलको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

वैशाख २६ गतेदेखि प्रि बजेटमाथि छलफल : सभामुख

स्याङजामा चितुवाको बिगबिगी

संख्या बढ्दै गएपछि स्याङजामा चितुवाले गाँउ प्रवेश गरी पशुचौपाया आक्रमण गर्ने क्रम बढ्न थालेको छ । पछिल्लो समय घर, सार्वजनिक स्थल र सरकारी कार्यालय वरपर पनि चितुवा देखिन थालेको छ ।

स्याङजामा चितुवाको बिगबिगी

प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम राख्न र राजधानी तोक्न ढिलाई भइरहेको बताएका छन् । उनले ढिलाई भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । बुधबार झापाको दमकमा खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश १ ले प्रदेश ६ बाट केही सिक्नुपर्ने बताए । 

प्रदेश १ को नाम सगरमाथा वा कोशी राख्न प्रधानमन्त्रीको सुझाव

राष्ट्रिय गौरवका आयोजना भेरी–बबईमा तालाबन्दी

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र मजदुरले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन् ।

राष्ट्रिय गौरवका आयोजना भेरी–बबईमा तालाबन्दी

सशस्त्र द्वन्द्वको प्रभाव: मानसिक रोगी बढे

जिल्लामा सशस्त्र द्वन्द्वको समयमा प्रभावित क्षेत्रका स्वास्थ्यचौकीमा मानसिक रोगी बढेको पाइएको छ । वाग्मती गाउँपालिकाका स्वास्थ्यचौकीमा सयभन्दा बढी मानसिक रोगीले उपचार गराइरहेका छन् ।

सशस्त्र द्वन्द्वको प्रभाव: मानसिक रोगी बढे

सशस्त्र द्वन्द्वको प्रभाव: अझै मेटिएन पीडा

घोराही बर्गद्दीकी भौनी चौधरीले २०५८ मंसिर १३ को दर्दनाक घटना कहिल्यै भुल्न सक्दिनन् । श्रीमान्, ससुरा र देवरका साथै खेतमा धान दाइरहेका ११ जना थारू किसान मारिएको उक्त घटनाले सधैं झस्काइरहन्छ । ‘त्यो घटना केही गरे पनि भुल्न सकिँदैन । हरेकपटक खेतमा पुग्दा रुँदै काम गर्नुपर्छ,’ उनले भनिन्, ‘सरकारले त्यो घटना भुल्न सकिने गरी कुनै न्याय पनि दिएको छैन । अहिलेसम्म हाम्रा आफन्तको बिनागल्ती हत्या गर्नेलाई किन कारबाही भएको छैन ?’

सशस्त्र द्वन्द्वको प्रभाव: अझै मेटिएन पीडा

सगरमाथा आरोहण तयारी अन्तिम चरणमा

गत वर्षको तुलनामा यस वर्ष हालसम्म मौसमले साथ दिएको कारण सगरमाथा आरोहणका लागि गएका आरोही उत्साहित बनेका छन् । आरोहीहरूले दोस्रो शिविरसम्म पुगेर फर्किने (परिक्रमा गर्ने) काम थालिसकेका छन् ।

सगरमाथा आरोहण तयारी अन्तिम चरणमा

प्रधानमन्त्रीको निर्देशन ‘विकास निर्माणमा जुट्नुस्’

प्रधानमन्त्री केपी ओलीले आफ्नो ठाउँको विकासमा जुट्न झापाका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । उनले आफ्नो ठाउँको विकासको सम्भावनालाई अध्ययन गरी गुरुयोजना निर्माणमा जुट्न स्थानीय तहलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन ‘विकास निर्माणमा जुट्नुस्’

सर्वोच्चको आदेशको अवज्ञा

त्रिवेणी गाउँपालिकाले केन्द्र सार्ने निर्णयमाथि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अवज्ञा गरेको छ । गाउँ कार्यपालिका बैठकले गत चैत २८ गते केन्द्र ३ नम्बर वडाको खारानेटामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध ७ नम्बर वडावासी मीनबहादुर ओलीले सर्वोच्चमा रिट हालेका थिए ।

सर्वोच्चको आदेशको अवज्ञा

जेसीबी जोगाउनै हम्मे

गाउँको विकासका लागि खरिद गरेको जेसीबी जोगाउन इलाम चुलाचुली गाउँपालिकालाई हम्मे परेको छ । सुरक्षा खतरा बढेपछि गाउँपालिकाले जेसीबी प्रहरी चौकीमा लगेर राख्नुपरेको छ ।

जेसीबी जोगाउनै हम्मे

३३ किलो सुन तस्करी र हत्या प्रकरण

ठूलो परिमाणमा सुन तस्करी र ओसारपसारमा संलग्न मुख्य अभियुक्त भनिएका गोरे भनिने चूडामणि उप्रेतीसहित ३४ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

३३ किलो सुन तस्करी र हत्या प्रकरण

मोदी भ्रमणको तयारी: किसान लक्षित सम्झौताको गृहकार्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न सम्झौता हुने भएको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला भएको समझदारीअनुरूपका सम्झौता गर्ने तयारी भइरहेको छ । ओलीको भ्रमणका अवसरमा नेपाल र भारतबीच कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छुट्टै वक्तव्य जारी गरिएको थियो । वक्तव्य कृषि उपजको सहज निकास, प्रविधि, जनशक्ति उत्पादनजस्ता विषयमा केन्द्रित थियो ।

मोदी भ्रमणको तयारी: किसान लक्षित सम्झौताको गृहकार्य

कांग्रेसमा किन सुल्झेन विवाद ?

‘हात्ती आयो ! हात्ती आयो ! फुस्सा !’ १३ दिनको समीक्षा बैठकपछि कांग्रेसले लिएको निर्णयलाई लिएर पार्टीका एक उच्च नेताको प्रतिक्रिया थियो, ‘निर्वाचन हारको विषयमा पार्टीभित्र जुन खालको विवाद भयो, त्यसलाई यो बैठकले अन्त्य गर्न सकेन ।’

कांग्रेसमा किन सुल्झेन विवाद ?

एप्पलद्वारा नेपाली म्यानपावरमाथि अनुसन्धान

एप्पल कम्पनीले भर्ना प्रक्रिया गर्दा नेपाली कामदारले अनावश्यक शुल्क बुझाउनुपरेको भन्दै म्यानपावर कम्पनीमाथि नेपालै आएर अनुसन्धान गरेको छ ।

एप्पलद्वारा नेपाली म्यानपावरमाथि अनुसन्धान