१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रिय गौरवका आयोजना भेरी–बबईमा तालाबन्दी

कलेन्द्र सेजुवाल

सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा प्रभावित क्षेत्रका बासिन्दा र मजदुरले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन् ।

राष्ट्रिय गौरवका आयोजना भेरी–बबईमा तालाबन्दी

प्रभावित क्षेत्रको विकासको लागि गरिएको प्रतिबद्धता पूरा नगरिएको र कामदारलाई विभेद गरिएको भन्दै तालाबन्दी गरिएको मंगलबार साँझ प्रकाशित प्रेस विज्ञप्तिमा उल्लेख छ ।


‘आयोजनाको एकचौथाई निर्माणकार्य सम्पन्न हुँदा पनि उपभोक्ताले गरेका विकासका अपेक्षा जस्ताको तस्तै रहे,’ सरोकार समितिका अध्यक्ष नविन सारु र मजदुर युनियनका अध्यक्ष प्रेम महताराद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘भेरीबाट पानी लिई बाँके र बर्दियामा प्रत्यक्ष लाभ मिल्ने, तर यहाँका जनतालाई धूलो र धुवाँ बाहेक केही पनि मिलेन ।’


विज्ञप्तिमा विभिन्न बहानामा नेपाली कामदारलाई निकालिएको, श्रमिकलाई पूर्ण तलब भत्ता नदिएको लगायत आरोप लगाइएको छ ।

भेरीको पानी सुरुङमार्गबाट बबईमा मिसाई एकैपटक सिँचाई र विद्युत सेवा दिइने यो आयोजना सुर्खेतमा निर्माणाधीन छ । कूल १२ किलोमिटर सुरुङमध्ये हालसम्म करिब एक हजार तीन सय मिटर खनिसकिएको छ । सुरुङ निर्माणको लागि १० अर्ब लागत अनुमान गरिएको छ । सन् २०२० को मार्चसम्म सुरुङ निर्माण सकिने कार्ययोजना रहे पनि यस्ता खाले अवरोधले काम प्रभावित हुने आयोजना कार्यालयले जनाएको छ ।


प्रकाशित : वैशाख १९, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?