२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वैशाख २६ गतेदेखि प्रि बजेटमाथि छलफल : सभामुख

सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो हप्ता
शेखर अधिकारी

काठमाडौँ — आगामी आर्थिक वर्षको प्रि बजेटमाथि वैशाख २६ गतेदेखि छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सभामुख कृष्णबहादुर महराले संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक (प्रि बजेट) माथि छलफलको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।

वैशाख २६ गतेदेखि प्रि बजेटमाथि छलफल : सभामुख

सभामुख महराले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थमन्त्रीबाट प्रस्तुत गर्ने र छलफल गर्ने जानकारी गराए ।

अर्थमन्त्री विदेश भ्रमणमा जाने भएकाले प्रि बजेटमाथिको छलफल तीन दिन पछि सारिएको सभामुख महराले बताए । संसद्को बजेट अधिवेशन वैशाख २३ गते सुरु हुँदैछ ।

सरकारको नीति तथा कार्यक्रम जेठ पहिलो हप्ता सार्वजनिक हुने पनि संसद्को कार्यसूची रहेको छ ।

हेर्नुहोस् सम्भावित कार्यसूची

प्रकाशित : वैशाख १९, २०७५ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?