१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुन तस्करी काण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

काठमाडौँ — ३३ किलो सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले एसएसपी दिवेश लोहनीलाई पक्राउ गरेको छ । मंगलबार बयानका लागि जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका लोहनीलाई पक्राउ पुर्जी थमाएर अदालत पेस गरिएको हो ।

सुन तस्करी काण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

महानगरीय अपराध महाशाखा प्रमुख रहेको बेला एसएसपी लोहनीले नै सनम शाक्यको हत्यापछि अनुसन्धानलाई नेतृत्व दिएर अगाडि बढाएका थिए । लोहनीले शाक्यको हत्याबारे अनुसन्धान गर्न र तस्करीका मुख्य नाईके भनिएका गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई मोरङ पठाएका थिए ।

एसएसपी लोहनीले उक्त घटनाबारे अनुसन्धान गर्नुअघि निमित्त आईजीपी बमबहादुर भण्डारीसँग पनि मौखिक अनुमति लिएका थिए भने अनुसन्धानबारे बारम्बार प्रहरी प्रधान कार्यालयलाई रिपोर्ट पनि गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?