विहेको अघिल्लो दिन भागेका युवकलाई सार्वजनिक मुद्दा

नारायण शर्मा

नवलपरासी — विवाह लगनको अघिल्लो दिन घरबाट वेपत्ता भएका एक युवकलाई करिब ३ महिनापछि प्रहरीले सार्वजनिक अपराध ऐनको मुद्दा चलाएको छ । 

विहेको अघिल्लो दिन भागेका युवकलाई सार्वजनिक मुद्दा

गत माघ २२ गते छिमेकी एक युवतीसँग मागी विवाहको टुंगो लागेका गैंडाकोटका बालकृष्ण खरेल विहेको अघिल्लो रातिदेखि घरबाट वेपत्ता भएका थिए । खरेल जन्ती हिँड्नुभन्दा १२ घण्टाअघि वेपत्ता भएपछि अपरहणमा परेको शंका गरिएको थियो । प्रहरीले खोज्दै जाँदा उनी भारतको गोरखपुरस्थित एक होटलमा बसेको पत्ता लागेको थियो । वैशाख ११ गते उनलाई प्रहरीले केही सार्वजनिक अपराध तथा सजाय ऐनमा मुद्दा दायर गरेको जनाएको छ ।


वेपत्ता भनिएका युवक भारतका विभिन्न सहरमा घुम्दै हिँडेका थिए । अघिल्लो मंगलबार मात्रै उनी इलाका प्रहरी कार्यालय गैंडाकोटको सम्पर्कमा आएका हुन् । युवतीलाई विहे गर्ने भनेर धोका दिएको भन्दै हदैसम्म कारबाही गरिपाउ भन्दै मुद्दा दायर गरिएको थियो ।


विहेको अघिल्लो दिनदेखि बेपत्ता दुलाहा भारतमा घुम्दै



प्रकाशित : वैशाख १९, २०७५ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?