कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र

रासस

काठमाडौँ — सर्वोच्च अदालत विभागीय आधिकारिक ट्रेड युनियनले संवैधानिक निकायबाट हुने सरुवा बढुवालगायतका काम कारवाही निश्चित मापदण्ड बनाएर गर्न कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

कामु प्रधानन्यायाधीश जोशीलाई ध्यानाकर्षणपत्र

ट्रेड युनियनका उपाध्यक्ष दलबहादुर बजिमय, सचिव हरि भट्टराईसहितको टोलीले बधुबार कामु प्रधानन्यायाधीश जोशीलाई बुझाएको ध्यानाकर्षणपत्रमा पदपूर्ति, सरुवा, पदस्थापन, स्वदेश/विदेश अध्ययन, अवलोकन भ्रमण, तालिम जस्ता काम कारवाही क्यालेन्डर तथा निश्चित मापदण्ड बनाएर गर्नुपर्ने उल्लेख छ ।


कुनै मापदण्डबिना मनोमानी ढंगले यस्ता क्रियाकलाप गर्ने परम्पराको अन्त्य गर्दै अबका दिनमा पारदर्शी एवं कानूनसम्मत बनाउन ट्रेड युनियनले माग गरेको छ ।


कामु प्रधानन्यायाधीश जोशीले मागलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिँदै आगामी दिन निश्चित मापदण्ड बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित : वैशाख १९, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?