१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बिरामीको मृत्युपछि तुल्सीपुरमा तनाव, डाक्टर र मेडिकल सञ्चालक प्रहरीको नियन्त्रणमा  

दुर्गालाल केसी

दाङ — उपचारमा लापरबाहीका कारण तृलसीपुरमा एक बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले मेडिकल घेराउ गरेका छन् । पेट दुखेर बुधबार तुलसीपुरस्थित ज्योति मेडिकलमा उपचारमा गएकी तुलसीपुर-७ कुमाल गाउँकी ४० वर्षीया प्रेमा कुमालको मृत्यु भएपछि आफन्तले घेराउ तथा प्रदर्शनसहित नाराबाजी गरेका छन् ।

बिरामीको मृत्युपछि तुल्सीपुरमा तनाव, डाक्टर र मेडिकल सञ्चालक प्रहरीको नियन्त्रणमा  

प्रदर्शनकारीका कारण मेडिकल कलेज परिसरमा तनाव सिर्जना भएको छ ।


मृतकका आफन्तका अनुसार मेडिकलमा डा. प्रकाश नेपालीले दुखाई कम गर्ने औषधि र इन्जेक्सन दिएपछि बिरामीलाई थप असहज महसुस भएको थियो । त्यसपछि उपचार गर्न राप्ती अञ्चल अस्पताल तुलसीपुर लैजाँदै गर्दा मृत्यु भएको ईलाका प्रहरी तुलसीपुरले जनाएको छ । घटनापछि डा. नेपाली र मेडिकल सञ्चालक यमबहादुर धौलाकोटीलाई नियन्त्रणमा लिएको डिएस्पी प्रकाश सापकोटाले बताए ।

प्रकाशित : वैशाख १९, २०७५ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?