कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोदीको नेपाल भ्रमण:मुक्तिनाथमा अस्थायी आइसीयूको तयारी  

अतुल मिश्र

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरेर स्वास्थ्य मन्त्रालयले मुक्तिनाथमा आकस्मिक अतिसघन उपचार कक्ष(आइसीयू)को संरचना तयार पार्ने भएको छ ।

मोदीको नेपाल भ्रमण:मुक्तिनाथमा अस्थायी आइसीयूको तयारी  

विहारको पटनाबाट वैशाख २८ गते बिहान जनकपुर पुगेपछि मोदी त्यहि दिन नै पोखरा हुँदै मुक्तिनाथ जाने कार्यक्रम छ ।


स्वास्थ्य मन्त्रालयका चिकित्सक, भारतीय राजदूतावासका पदाधिकारी, मोदीका चिकित्सक लगायतका एक टोलीले बुधबार मुक्तिनाथ गएर त्यहाँको अवस्थाको जानकारी सहित आकस्मिक उपचारबारे आवश्यक रणनीतिको तयारी थालेको छ ।


‘मोदीको भ्रमणको समयमा कुनै आकस्मिक स्वास्थ्य जटिलता/अवस्था आउदा त्योसँग जुध्न के गर्ने भन्ने बारे अवलोकन गर्न बुधबार चिकित्सकसहितको टोली मुक्तिनाथ गएको हो’, उच्च श्रोतले भन्यो–‘त्यहाँ एउटा सानो भवन छ, त्यसमै हामी अस्थायी आकस्मिक अवस्थामा आइसीयू सम्मको सुविधा भएको अस्थायी संरचना बनाउने छौं ।’

प्रकाशित : वैशाख १९, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?