काबुल विस्फोटमा  मृत्यु भएका पत्रकारहरुको सम्झनामा दिप प्रज्वलन

काठमाडौँ — गत सोमबार अफगानस्थानको राजधानी काबुलमा  फोटो पत्रकार सहित पत्रकारलाई लक्षित गरी गराइएको बम विस्फोटमा परी मृत्यु हुनेहरुको सम्झनामा बुधबार राजधानीमा दिप प्रज्वलन गरिएको छ । 

काबुल विस्फोटमा  मृत्यु भएका पत्रकारहरुको सम्झनामा दिप प्रज्वलन

नेपाल पत्रकार महासंघ र फोटो पत्रकार क्लबको संयुक्त आयोजनमा बुधबार साँझ माइतीघर मण्डलामा दिप प्रज्वलन गरिएको हो ।


पत्रकारलाई लक्षित गरी गराइएको उक्त विस्फोटमा एएफपीका प्रमुख फोटोग्राफर साह मराई गरी १० जना पत्रकारहरुको मृत्यु भएको थियो ।

प्रकाशित : वैशाख १९, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?