१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

देउवाले आजै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने

पौडेल पक्ष भन्छ– बाधा अड्काउ नफुकाई मनोनयन गर्न मिल्दैन् 
पौडेल पक्षको भेलामा महामन्त्री कोइराला अनुपस्थित 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको विरोधकाबीच  पदाधिकारी मनोनयनको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । पदाधिकारी मनोनयनको प्रस्तुत गर्न देउवाले आजै २ बजे निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । 

देउवाले आजै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने

स्रोतका अनुसार देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशरण महतलाई मनोनयन गर्ने तयारी गरेका छन् । विधान अनुसार सभापतिले मनोनयन प्रस्ताव राख्ने र निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नुपर्छ । निर्वाचित कार्यसमितिमा सभापति देउवापक्षमा सुविधाजनक बहुमत छ ।

वरिष्ठ नेता पौडेल पक्षले भने सभापति देउवा विधानको व्यवस्था र सहमति विपरित अघि बढे बैठक नै बहिष्कार गर्ने चेतावनी दिएको छ । यद्यपी महामन्त्री शशांक कोइरालाले बैठक बहिष्कार नगर्ने संकेत दिएपछि पौडेल पक्ष अप्ठ्यारोमा परेको छ ।

पौडेल पक्षले विपधानको व्यवस्था निलम्बन या बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्न नमिल्ने तर्क अघि सार्दै आएको छ । विधानमा महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै पदाधिकारीको मनोनयन गर्नुपर्ने व्यवस्था छ । सभापति देउवा १३ औं महाधिवशेनबाट सभापति निर्वाचित भएको दुई वर्ष बढी भइसकेको छ ।

विधान विपरित गठन भएका संसदीय समिति विघटन र केन्द्रीय कार्यसम्पादन समिति पुनर्गठन गर्ने घोषणा गरेलगतै देउवाले विधान संशोधन नै नगरी पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउन लागेपछि विरोध भएको हो । तत्कालिन सभापति सुशील कोइरालाले पनि यस्तै अवस्थामा सहमहामन्त्री र विभाग गठन गरेको नजिरका आधारमा देउवाले पदाधिकारी मनोनयनको प्रस्ताव अघि बढाउन लागेका हुन् ।

बहिष्कार गर्ने या के गर्ने भन्नबोरमा संस्थापन इतर पक्षको एकैठाउँमा भेला भएको छ । भेलामा सहभागि अधिकांशले विधानको प्रश्न उठाउन सुझाएका छन् । केन्द्रीय सदस्य प्रदीप पौडेलले बाधा अड्काउ नफुकाई पदाधिकारी मनोनयन गर्दा विधान विपरित हुने बताए ।

‘केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाउन सक्छ, पदाधिकारी मनोनयन गर्नुअघि पहिला पुर्ण केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु पर्छ,’ पौडेलले भने, ‘बाधा अड्काउ नफुकाई प्रस्ताव गरियो भने विरोध हुन्छ ।’

भेलामा महामन्त्री कोइरालाको भने उपस्थिती छैन ।


प्रकाशित : वैशाख २१, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?