२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

यातायात व्यवसायी महासंघका महासचिव सिटौला काठमाडौंबाट पक्राउ

काठमाडौँ — प्रहरीले यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई रिपोटर्स क्लब, भृकुटीमण्डपबाट पक्राउ गरेको छ ।

यातायात व्यवसायी महासंघका महासचिव सिटौला काठमाडौंबाट पक्राउ

नेपाल प्रहरीको सिंहदरबारको टोलीले सिटौलालाई पत्रकार सम्मेलन गर्न क्लबमा पुगेको समयमा त्यहीबाट पक्राउ गरेको हो । पक्राउ परेसँगै उनले छोटो प्रतिक्रिया दिँदै राज्य व्यवसायी विरुद्ध चरम दमनमा उत्रिएको बताएका छन् । ‘हामीलाई सरकारले गरेको निर्णय विरोध गर्न पाउने अधिकार छ,’ उनले भने, ‘विरोध गर्न पनि नदिने गरी सरकारले दमन सुरु गरको छ ।’

गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटका पक्षधर यातायात व्यवसायीलाई पक्राउ गर्न आदेश दिएसँगै देशका विभिन्न भागबाट विभिन्न समिति तथा यातायात व्यवसायी महासंघका प्रतिनिधिहरुलाई प्रहरीले पक्राउ गर्न सुरु गरेको छ ।

सिन्डिकेटको कायम राख्न दबाब दिँदै यातायात व्यवसायीहरुले शुक्रबारदेखि देशभरका सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।


प्रकाशित : वैशाख २१, २०७५ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?