कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पाल्पामा दुई बस व्यवसायी पक्राउ, धौलागिरि महासचिव पक्राउ

माधब अर्याल

पाल्पा — प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समिति कोषध्यक्ष किरण चित्रकारलाई नियन्त्रणमा लिएको छ ।

पाल्पामा दुई बस व्यवसायी पक्राउ, धौलागिरि महासचिव पक्राउ

सरकारी निर्णयको बिरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार गाडी थन्काएर नचलाएपछि सरकारले पक्राउ गरेको हो । दिउसो प्रहरीले पश्चिम नेपालका भट्टराई र श्रीनगरका कोषाध्यक्ष चित्रकारलाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए ।


दुबैलाई जिल्ला प्रहरी कार्यालय तानसेनमामा राखिएको छ । अन्यलाई समेत खोजी कार्य जारी राखेको प्रहरी कार्यालय प्रवक्ता बिनोद घिमिरेले वताए ।


धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ


राससका अनुसार धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।


गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएलगत्तै लामिछानेलाई कुस्माबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दिलीप घिमिरेले जानकारी दिए ।


धौलागिरि अञ्चल यातयात बस व्यवसायी समितिअन्तर्गत चार सय गाडी सञ्चालित छन् । समितिले संस्थागत विरोधका लागि आफ्ना गाडी घरमा राखेको छ । उनीहरुले समितिका गाडी नचलाए पनि अन्य सवारी चलाउन भने अवरोध नगरेको प्रतिक्रिया दिए । लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यस क्षेत्रका करीब छ व्यवसायीले यातायात ठप्प पार्दा सर्वसाधारण समस्यामा परेका छन् ।

प्रकाशित : वैशाख २१, २०७५ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?