कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन तस्करी प्रकरण: २७ अभियुक्तको बयान सकियो

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका २७ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला अदालत मोरङमा जारी बयान प्रक्रियामा सोमबार उच्च प्रहरी अधिकृतको पनि बयान लिइएको छ ।

सुन तस्करी प्रकरण: २७ अभियुक्तको बयान सकियो

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्काको बयान लिइएको हो ।


यसैगरी विमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि सोमबारै बयान लिइएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० अभियुक्तमध्ये बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डिएसपीद्वय प्रजीत केसी र सञ्जय राउतको बयान लिन बाँकी छ ।


यसअघि राजन कुमार, टेकराज मल्ल ठकुरी, माधव भन्ने मदनप्रसाद घिमिरे, मोहन काफ्ले, लाक्पा शेर्पा र कृष्ण भन्ने नरेन्द्र कार्कीका छन् । त्यसैगरी व्यापारी भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य र महावीर गोल्यान, विमानस्थलका कर्मचारीहरु लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, कपिलराज पुरी र बालकृष्ण श्रेष्ठको बयान लिइएको थियो ।


बयान दिने विमानस्थलका कर्मचारीहरुले सुन आएकोबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन् । आफूहरुले कार्यालयको कर्मचारीका हैसियतमा पूरा गर्नुपर्ने जिम्मेवारी मात्र निर्वाह गरेको उनीहरुको भनाइ थियो । प्रहरीले अभियोगपत्रसाथ प्रस्तुत गरेको बयानलाई उनीहरुले अदालतसमक्ष इन्कार गरेका छन् ।


मंगलबार एसएसपी लोहनी र डिएसपीद्वय केसी र राउतको बयान लिइने भएको छ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।


न्यायिक हिरासतमा रहेका सबै ३० जनाको बयान मंगलबार सकिंदैछ । अदालतले बिहीबारदेखि बयान लिन सुरु गरेको थियो ।

प्रकाशित : वैशाख २४, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?