१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन : पौडेल

रासस

पोखरा — नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन् । 

बीपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन : पौडेल

बीपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा बिपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उनले बीपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको उल्लेख गरे ।


नेपाली काँग्रेसले बीपीको बाटो नछाडेको बताउँदै वरिष्ठ नेता पौडेलले त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँमा पुगेको चर्चा गरे ।


“नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ”, उनले भने , “जनताको पक्षमा संविधान निर्माण भएको छ, बीपीको समाजवाद निमुखालाई न्याय, बिमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुनेछ ।”


बीपीको नाम बेचेर मूल पार्टी काँग्रेसलाई नै हराउने र उम्मेदवार खडा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता पौडेलले जनताको भावनालाई आत्मसात् गर्दै पार्टीलाई आगामी दिनमा सशक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित : वैशाख २५, २०७५ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?