कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

मोदी भ्रमण: काठमाडौं, जनकपुर र मुक्तिनाथको अस्पताल उच्च सतर्कतामा

६८ वर्षीय स्वस्थ पीएम मोदी
अतुल मिश्र

काठमाडौँ — सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई दृष्टिगत गरी काठमाडौं, जनकपुर र मुक्तिनाथको अस्पताललाई उच्च सतर्कतासँगै तयारी अवस्थामा राखेको छ ।

मोदी भ्रमण: काठमाडौं, जनकपुर र मुक्तिनाथको अस्पताल उच्च सतर्कतामा

यहाँका अस्पतालहरुको इन्टेन्सिभ केयर युनिट(आइसीयू)लाई समेत तम्तयार राखिएको छ । मोदीसँगै भारतीय चिकित्सा टोली समेत नेपाल आउने छ ।


स्वास्थ्य मन्त्रालयले चिकित्सा महाशाखा प्रमुख डा.दिपेन्द्र रमण सिंहको संयोजकत्वमा मोदीको भ्रमणका लागि स्वास्थ्य व्यवस्थापन समेत सुरु गरेको छ । ‘भारतीय प्रधानमन्त्री ज्युसँग उहाँको भ्रमण अवधिभर हाम्रा सघन उपचार विशेषज्ञ डा.रविराम श्रेष्ठ रहनुहुन्छ’, डा.सिंहले भने ।


अत्याधुनिक जीवन रक्षक उपकरण र विशेषज्ञ सहितको एम्बुलेन्स जनकपुर पठाइ सकिएको छ भने काठमाडौंमा यस्ता दुईवटा एम्बुलेन्स २४ सै घन्टा तम्तयार रहने छन् । कुनै पनि स्वास्थ्य समस्यासँग जुध्न सक्ने गरी अस्पतालको व्यवस्थापन गरिएको छ ।


जनकपुरमा भ्रमण अवधिभर स्वास्थ्यको समन्वय डा.तारानाथ पोखरेल र काठमाडौं भ्रमण अवधिभर स्वास्थ्यको समन्वय डा.भुपेन्द्र बहादुर बस्नेतले गर्नेछन् ।


जनकपुरको अञ्चल अस्पताल र त्यहाँकै सिटी अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ । यस्तै काठमाडौंको त्रिवि शिक्षण अस्पताल, विर अस्पताल , मनमोहन कार्डियोथोरासिक भास्कुलुर एण्ड ट्रान्सप्लान्ट सेन्टर र मेडिसिटीलाइ तम्तयार राखिएको छ । मुक्तिनाथमा भने अस्थायी सघन उपचार केन्द्र स्थापित गरिएको छ ।


६८ वर्षीय स्वस्थ प्रधानमन्त्री:

६८ वर्षीय मोदी आफ्नो ४ वर्षे प्रधानमन्त्रीत्व कालमा खासै बिरामी परेका छैनन् । हालै चीनबाट फर्केर नेपाल आउन लागेका मोदी निरन्तर विदेश भ्रमण र र्‍याली लगायतमा सरिक भएपनि उनको अनुहारमा सधैँ एउटा स्वस्थ टलक देखिन्छ ।


भारतीय मिडियाका अनुसार यसो हुनुको पछाडि उनको नियमित दिनचर्या हो जो विदेश भ्रमण जाँदा पनि छुटदैन ।


दिनहुँ ६ घन्टा भन्दा बढी नसुत्ने मोदी विहान ब्राम्ह मुहुर्त अर्थात ४–५ बजे नै उठेर योग गर्छन् । यसपछि मर्निङ्ग वाक समेत छोडदैनन् । दिनहुँ १६ घन्टासम्म काम गर्ने मोदी शुद्ध शाकाहारी हुन् । उनलाइ गुजरातीपछि दक्षिण भारतीय खाना मिठो लाग्छ भने सलाद भने उनी खान छुटाउदैनन् ।


सन २०१४ को ३ अगस्तमा नेपाल आए ताका मोदिको रुचिलाइ ध्यानमा राख्दै शाकाहारी खाना पस्किएको थियो । त्यसताका भारतीय सेफ नन्दकुमारको रेखदेखमा खाना तयार पारिएको थियो । नन्दकुमारले भनेका थिए मोदी नान, दाल र सब्जी जस्ता शाकाहारी खाना रुचाउँछन् ।


मिडिया रिपोर्टका अनुसार निरन्तर काम गरे पनि थकाइ नहुन मोदी धेरै पटक हलुका खाजा खान्छन् । उनि अदुवा हालिएको चिया खान रुचाउँछन, उपवास पनि गर्छन् । यसै अन्तर्गत दशैँमा नौ दिन व्रत बस्छन् ।

प्रकाशित : वैशाख २५, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?