३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समान धारणा बनाएर मात्र बजेट ल्याउन माओवादीको माग

शर्मा राष्ट्रिय सभा संसदीय दलको नेता चयन

काठमाडौँ — माओवादीले सरकारमा सहभागी दुई दलबीच समान धारणा बनाएर मात्र बजेट ल्याउन आग्रह गरेको छ । बजेट निर्माण प्रक्रियामा एमाले पक्ष मात्र हावी भएको पनि माओवादीको आरोप छ ।

समान धारणा बनाएर मात्र बजेट ल्याउन माओवादीको माग

मंगलबारको माओवादी संसदीय दलको बैठकले बजेट निर्माणमा दुवै पार्टीको समान धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको हो । ‘बजेट निर्माणको काम भइरहेको छ, यसमा सरकारमा सहभागी दलहरुको एउटै धारणा हुन जरुरी छ,’ बैठकपछि माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने, ‘बाम गठबन्धनको घोषणा पत्र कार्यान्वयन गर्ने यो पहिलो बर्ष पनि हो त्यसैले यो बर्ष कति काम गर्न सकिन्छ त्यसमा प्राथमिकता दिनुपर्छ ।’


बामगठबन्धनले चुनावमा गरेको प्रतिबद्धताहरुलाई ख्याल गर्नुपर्नेमा पनि माओवादीले सरकारको ध्यानाकर्षण गराएको छ । एमाले र माओवादीको बाम गठबन्धनको घोषणा पत्रमा उल्लेखित बिषयहरुले गर्दा नै चुनावमा जित हासिल भएकाले त्यो जनमतको सम्मान गर्न पनि घोषणा पत्रप्रति प्रतिबद्ध भएर बजेट निर्माण गर्नुपर्नेमा ओवादीको जोड छ ।


संघीय संरचना अनुसार पहिलो पटक बजेट आउन लागेकाले प्रदेशहरुलाई बलियो र समृद्ध बनाउनेमा प्राथमिकता हुनुपर्ने माओवादीको धारणा छ । संसदीय दलको बैठकमा सांसदहरुले बजेट निर्माणमा एकलौटी हुन नदिन बिषेश ख्याल गर्न अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए । एमाले पक्ष मात्र हावि हुदा आफ्नो अस्तित्व नरहने सांसदहरुले बताएपछि अध्यक्ष दाहालले यस बिषयमा आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन दिएका थिए । माओवादी मन्त्रीहरुले बजेट निर्माण प्रक्रिया र कार्यक्रमहरुको बिषयमा लिखित सुझाव दिन सांसदहरुलाई अनुरोध गरेका थिए ।


बैठकले राष्ट्रिय सभामा माओवादी संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ । त्यस्तै संसदीय दलको विधान पनि स्वीकृत गरेको छ । विकास निर्माणका कामको संयोजन गर्न सातै प्रदेशमा संयोजन समिति बनाउने र विधेयकहरुको परिमार्जन एवं संशोधनका लागि संसदीय दल कार्यलयको नेतृत्वमा कानुन विभाग गठन गर्ने निर्णय पनि गरेको छ ।


प्रकाशित : वैशाख २५, २०७५ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?