समाचार

News

मोदीसँगै जितबहादुरलाई पनि ल्याइदिन आग्रह

विगत २४ वर्षदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको परिवारका सदस्य रहेका नेपाली युवक जितबहादुर सारुमगरका परिवारजनले मोदीको नेपाल भ्रमणका सन्दर्भमा जितबहादुरलाई पनि सँगै ल्याइदिन आग्रह गरेका छन् ।

मोदीसँगै जितबहादुरलाई पनि ल्याइदिन आग्रह

सीमा क्षेत्रमा तस्करी : बासै बसेर रूख ढाल्छन् भारतीय तस्कर

कैलालीको पूर्वोत्तर क्षेत्रका राष्ट्रिय र सामुदायिक वनबाट दिनहुँजसो काठ तस्करी र वन्यजन्तु चोरीसिकार भइरहेको छ । सीमावर्ती क्षेत्रका भारतीय तस्करहरू खुलेआम नेपाली भूभागमा प्रवेश गरिरहेका छन् ।  

सीमा क्षेत्रमा तस्करी : बासै बसेर रूख ढाल्छन् भारतीय तस्कर

बन्यो 'विशेष शिक्षा' गुरुयोजना

अपांगता भएका बालबालिकाका निम्ति विशेष शिक्षा गुरुयोजना बनेको छ । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको पहल तथा दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिर्टीको सहयोगमा निर्माण भएको गुरुयोजना बिहीबार राजधानीमा सार्वजनिक गरिएको हो ।

बन्यो 'विशेष शिक्षा' गुरुयोजना

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

ग्यासका सिलिन्डरको सडकमा लामो लाइन । सकी नसकी काठको मुडा बोकेर हिँडेकी महिला । र, पेट्रोल पम्पअघिल्तिर रातभरी जाग्राम बसेका युवाहरुको जुलुश । 

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

फोटो बन्यो उद्धारकाे कडी

२० दिनअघि बेपत्ता भएकी मोरङ, रंगेलीकी एक किशोरीलाई एउटा फोटोको आधारमा खोजी गर्दै जाँदा भारतको गाजियाबादमा भेटेर उद्धार गरिएको छ । घरबाट सम्पर्कविहीन बनेपछि अनेक खोजी गर्दा पनि फेला नपरेकी उनलाई उद्धारकर्ता संस्थाको टोलीले फेला पारेको थियो ।

फोटो बन्यो उद्धारकाे कडी

कैदीको ‘शंकास्पद’ मृत्यु प्रकरणः जेलभित्रै चल्छ शोषण र भ्रष्टाचारको सञ्जाल

नक्खु कारागारभित्र जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दाका दोषी भक्तबहादुर सुनुवारको शंकास्पद मृत्युबारे गृह मन्त्रालयले छानबिन थालेको छ । कारागार प्रशासनले उनको मृत्युको कारण बिरामी भएको जनाए पनि मृतकका परिवारले कर्मचारी र बन्दीको कुटपिटबाट मृत्यु भएको दाबी गरेका छन् ।

कैदीको ‘शंकास्पद’ मृत्यु प्रकरणः जेलभित्रै चल्छ शोषण र भ्रष्टाचारको सञ्जाल

हत्या आरोपी मेयर सियाराम कुसवाह पक्राउ

कटहरिया नगरपालिकाका हत्या आरोपी मेयर सियाराम कुसवाह (फिरोज) पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको अनामनगरबाट मेयर कुसवाहलाई पक्राउ गरेको हो ।

हत्या आरोपी मेयर सियाराम कुसवाह पक्राउ

बलात्कार भएको चार दिनमै ‘गर्भ’

यहाँको चन्द्रनिगाहपुरमा बैशाख २० गते एक किशोरी बलात्कारको सिकार भइन् । घटनाको चार दिनमा उनको स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेको चिकित्सकले प्रहरीलाई रिपोर्ट दिए । रिपोर्ट हेरेर प्रहरी समेत आश्चर्यमा पर्‍यो । 

बलात्कार भएको चार दिनमै ‘गर्भ’

माेदीलाई स्वागतका लागि मुक्तिनाथमा ६ सय मिटर लामो राताे कार्पेट

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि मुक्तिनाथ क्षेत्र तम्तयार रहेको छ । जिल्ला प्रशासन कार्यालय, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय बासिन्दाले मोदीको स्वागतका लागि भव्य तयारी गरेका छन् । 

माेदीलाई स्वागतका लागि मुक्तिनाथमा ६ सय मिटर लामो राताे कार्पेट

मोदीको तीर्थाटनः 'आइतबारसम्मै मौसम गडबड हुनसक्ने'

जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणलाई लिएर बिहीबार विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ ।

मोदीको तीर्थाटनः 'आइतबारसम्मै मौसम गडबड हुनसक्ने'

प्रतिनिधिसभामा पूर्व बजेट छलफल सुरु

प्रतिनिधिसभामा अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि बिहीबारदेखि छलफल सुरु भएको छ ।

प्रतिनिधिसभामा पूर्व बजेट छलफल सुरु

वनमन्त्री बस्नेतको श्वेतपत्रः ‘मनचिन्ते सोच’

सरकारले विदेशी काठ आयात रोक्न वैज्ञानिक वन व्यवस्थापनमार्फत् सरकारी वनबाट मात्र वार्षिक ६० लाख घनफिट (सीएफटी) काठ उत्पादन गर्ने महत्वकांक्षी घोषणा गरेको छ । अहिले वार्षिक करिब ३० लाख घनफिट काठ उत्पादन भइरहेको वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यको दाबी छ । 

वनमन्त्री बस्नेतको श्वेतपत्रः ‘मनचिन्ते सोच’

भूकम्पको कहरः टहरोमा पढाई, गर्मीले मुर्छा पर्छन् विद्यार्थी

सिरानचोक गाउँपालिका-६ गाखुँ स्थीत संसारी महेन्द्र मावि नयासाघुँमा बुधबार दोस्रो पिरियडको कक्षा चल्दै थियो । कक्षा ७ का सौकात मियाँ एक्कासी विरामी परे । कक्षाकोठा मै वान्ता गरे । गर्मी बढेसँगै भूकम्प पछि बनेको अस्थायी कक्षाकोठाको जस्ता तातेर यहाँ दैनिकजसो विद्यार्थी विरामी पर्न थालेका छन् ।

भूकम्पको कहरः टहरोमा पढाई, गर्मीले मुर्छा पर्छन् विद्यार्थी

सुन तस्करी र हत्या मुद्दा : अदालतमा थुनछेकको बहस हुँदै

संगठित सुन तस्करी र हराएको भनिएको अवैध ३३ केजी सुनको खोजीका क्रममा सनम शाक्यको मृत्युसम्बन्धी मुद्दामा थुनछेकको बहस सुरु हुँदैछ ।

सुन तस्करी र हत्या मुद्दा : अदालतमा थुनछेकको बहस हुँदै

पश्चिमी सीमामा सधैं तनाव

पुनर्वास नगरपालिका–९ बिचफाँटाका गोपाल शाहीले ४ वर्षदेखि आफ्नै जमिनमा खनजोत गर्न पाएका छैनन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उक्त जमिन आफ्नो भूमिमा पर्ने दाबी गर्दै खेती गर्न रोक लगाएको हो । करिब ५ कट्ठा ऐलानी जमिन बाँझो छ ।

पश्चिमी सीमामा सधैं तनाव

सुन तस्करी र हत्या प्रकरण: प्रतिवादी प्रहरीका पुरानै बयान

सुन तस्करी र हत्या मुद्दाका प्रतिवादी पूर्व उच्च प्रहरी अधिकृतहरूले आफूहरूमाथिको आरोप सत्य नभएको दाबी गरेका छन् । जिल्ला अदालत मोरङलाई दिएको बयानमा उनीहरूले दुवै घटनामा आफूहरूको संलग्नता नभएको जिकिर गरेका हुन् ।

सुन तस्करी र हत्या प्रकरण: प्रतिवादी प्रहरीका पुरानै बयान

सरकारलाई सांसदको दबाब: २ महिनामै साढे ६ अर्ब सक्ने खेल

सांसदहरूले चालु आर्थिक वर्षभित्र खर्चने गरी ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ शीर्षकको ५० लाख र ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा गराउन सरकारमाथि दबाब बढाएका छन् ।

सरकारलाई सांसदको दबाब: २ महिनामै साढे ६ अर्ब सक्ने खेल

ओली–दाहाल खटपट !

प्रधानमन्त्री केपी ओलीले मंगलबार पूर्वप्रधानमन्त्रीको हैसियतमा बजेटसम्बन्धी छलफलमा बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किए । सत्तासाझेदार दलका हैसियतले बजेटमा छलफल हुने अपेक्षा गरेका दाहाल ओलीको छलफलमा औपचारिकता मात्र पूरा गरेर फर्किए ।

ओली–दाहाल खटपट !

बक्स अफिस साउन १ देखि

फिल्म उद्योगको कारोबार पारदर्शी बनाउने बक्स अफिस प्रणाली सरकारले साउन १ देखि लागू गर्ने भएको छ । बक्स अफिस लागू भएपछि निर्माताले आफ्नो आम्दानीको सही हिसाब पाउने छन् भने कारोबार करको दायरामा समेटिनेछ ।

बक्स अफिस साउन १ देखि

माननीयहरू ‘फोकस आउट’

कोही मोबाइल चलाइरहेका, कोही हाई काढिरहेका अनि कोहीचाहिँ कुर्सीमा असरल्ल परेर बसेका । प्रतिनिधिसभामा बुधबार बैठक चलिरहँदा सांसदहरू विभिन्न मुद्रामा देखिन्थे । बजेट अधिवेशनअन्तर्गतको बैठकमा पहिल्यै तय भएका केही अध्यादेश र प्रि–बजेट प्रस्तुत हुँदै थियो ।

माननीयहरू ‘फोकस आउट’

नियमावली विवादमा मतदान

फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा परेका सांसदको पद निलम्बन हुने कि नहुने भन्ने विषयमा दलहरू विभाजित भएपछि संसद्ले मतदानबाट टुंगो लगाउने भएको छ ।

नियमावली विवादमा मतदान

मोदीको जनकपुर भ्रमण: तयारी अन्तिम चरणमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र उपमहानगरपालिका भ्रमण तयारीसँगै सुरक्षा बन्दोबस्तीमा खटिएका छन् ।

मोदीको जनकपुर भ्रमण: तयारी अन्तिम चरणमा

कोसोभोलाई मान्यता नदिन सर्बियाको लबिइङ

युरोपेली मुलुक सर्बियाका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इभिका डेसिसले आफ्नो मुलुकबाट सन् २००८ मा स्वघोषित रूपमा छुट्टिएको कोसोभोलाई मान्यता नदिन कूटनीतिक लबिइङ गरेका छन् ।

कोसोभोलाई मान्यता नदिन सर्बियाको लबिइङ