कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

माेदीलाई स्वागतका लागि मुक्तिनाथमा ६ सय मिटर लामो राताे कार्पेट

दीपक परियार

मुक्तिनाथ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि मुक्तिनाथ क्षेत्र तम्तयार रहेको छ । जिल्ला प्रशासन कार्यालय, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र स्थानीय बासिन्दाले मोदीको स्वागतका लागि भव्य तयारी गरेका छन् । 

माेदीलाई स्वागतका लागि मुक्तिनाथमा ६ सय मिटर लामो राताे कार्पेट

मुक्तिनाथ क्षेत्र, तुथाङ र रानीपौवामा सरसफाई गरिएको छ । मन्दिरका एक सय ८ वटै धारालाई सुनौलो रंगले रंगाइएको छ । बिग्रिएका धारा मर्मत गरिएका छन् । मुख्य मन्दिर र सहायक मन्दिर, गुम्बा, शौचालयमा रंगरोगन गरिएको छ ।

मन्दिरको आडैमा विश्रामस्थलको रुपमा विशिष्ठ अतिथि कक्ष तयार गरिएको छ । मन्दिर मर्मत सम्भारका सबै काम सकिएको मर्मत सुधार समिति संयोजक फेङ्चुक छेप्तेन गुरुङले बताए । मन्दिर नजिकै ६ वटा हेलिप्याड बनाइएका छन् । होलिप्याडदेखि मन्दिरको मूलढोकासम्म ६ वटा स्वागतद्वार बनाइँदै छ ।


हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट विछ्याउने तयारी गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले कार्पेट मुक्तिनाथ पुगिसकेको बताए ।

सर्वदलीय बैठकले जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्हामु गुरुङको संयोजकत्वमा जनप्रतिनिधि र स्थानीय समाजसेवी सम्मिलित स्वागत समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले मोदीको स्वागतका लागि आवश्यक ९० प्रतिशत तयारी सकिएको जनाएका छन् ।


मोदीका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा सेना परिचालन हुनेछन् । त्यसबाहेक भारतीय विशेष सुरक्षा दस्ता समेत मोदीको सुरक्षार्थमा खटिनेछन् । सुरक्षा दस्ता बिहीबार नै मुक्तिनाथ आइपुगेका छन् ।

यसैबीच मोदी भ्रमणलाई लक्षित गरी स्थानीय प्रशासनले शुक्रबार बेलुका ४ बजेबाट शनिबार बिहान १२ बजेसम्म सर्वसाधरणलाई मन्दिर प्रवेशमा निषेध गरेको छ । उक्त अवधिमा बजारभित्र पनि पर्यटक प्रवेशमा निषेध गरिएको छ ।

प्रकाशित : वैशाख २७, २०७५ १७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?