१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाह्रविघास्थित अभिनन्दनस्थलमा सम्बोधन गर्दै (अपडेट)

सन्तोष सिंह

काठमाडौँ — जनकपुर महानगरपालिकको तर्फबाट नागरिक अभिनन्दन ग्रहण पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन सुरु गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाह्रविघास्थित अभिनन्दनस्थलमा सम्बोधन गर्दै (अपडेट)

प्रधानमन्त्री केपी ओली समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गर्न कुर्ता र गम्छा भिरेर जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् ।

उनी जानकी मन्दिर भित्र बसेर मोदीको प्रतिक्षा गरिरहेका छन् ।

मन्दिर परिसरमा सबै तयारी पुरा भइसकेको छ । दुई प्रधानमन्त्रीले शुभारम्भ गर्नका लागि नेपाल– भारत मैत्री बस सेवा जनकपुर–अयोध्याको बस तयारी अबस्थामा राखिएको छ ।

मन्दिर परिसरमै दुवै प्रधानमन्त्रीको छोटो सम्बोधनको लागि भनेर मञ्च बनाइएको छ । नेपाल र भारतका सञ्चारकर्मीको बाक्लो उपस्थिति छ ।

प्रकाशित : वैशाख २८, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?