मोदी काठमाडौंमा :राष्ट्रपति भण्डारीसँग भेटवार्ता (अपडेट)

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । आजै नेपाल आएका मोदी उच्चस्तरीय भेटघाटमा व्यस्त छन् ।

मोदी काठमाडौंमा :राष्ट्रपति भण्डारीसँग भेटवार्ता (अपडेट)

यसअघि प्रधानमन्त्री मोदीले उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेटघाट गरेका छन् । मोदी उपराष्ट्रपतिलाई भेट्नका लागि बहादुरभवनस्थित निवासमा पुगेका थिए ।


उपराष्ट्रपति करिब पौने घण्टा शिष्टाचार भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपराष्ट्रपतिले मोदीसँगको भेटमा परापूर्वकालदेखिको नेपाल-भारतबीचको सौहार्द र सहयोगात्मक सम्बन्ध भारतीय प्रधानमन्त्रीको कार्यकालको तेस्रो पटकको नेपाल भ्रमणले अझै बलियो र प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए । उनले दुई देशबीचको उच्चस्तरीय निरन्तर भ्रमणले सम्बन्धमा उच्च विकास र भावनात्मक रुपमा निकटता ल्याउने गरेको बताएका थिए ।


उनले बलियो र समृद्धि नेपालले मात्रै भारतलाई साथ दिनसक्ने उल्लेख गर्दै नेपालको व्यापार घाटा कम गर्दै आर्थिक रुपमा समृद्ध बन्न भारतको सहयोग चाहिने बताए ।


भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न भारत सधैं तयार रहेको बताएका थिए । उनले पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्र नेपालको समृद्धिको आधार भएको आफूले पाएको उल्लेख गर्दै त्यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्न भारत तयार रहेको बताए ।


यसअघि मोदीले टुँडिखेलमा नेपाली सेनाले अर्पण गरेको सम्मान गारद ग्रहण गरेका थिए । उनी शुक्रबार दिउँसो जनकपुरबाट काठमाडौं आइपुगेका हुन् । उक्त अवसरमा प्रधानमन्त्री केपी ओली, रक्षा, गृहलगायतका मन्त्री उपस्थित थिए ।


बिहान साढे १० बजे एयर इन्डियाको विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गरेका थिए ।


जनकपुरको जानकी मन्दिर परिसरमा उनलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए । उनले जानकी मन्दिरको दर्शन गरेपछि बाह्राबिगाहमा उनको नागरिक अभिनन्दन गरिएको थियो ।


उनलाई त्रीभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गर्ने छन् । त्यसपछि उनी बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा केही समय विश्राम गरेर टुँडिखेलमा नेपाली सेनाद्वारा दिइने सम्मान गारथ अपर्ण गर्ने छन् ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्ने छन् । होटल द्वारिकाजमै उनले प्रधानमन्त्री ओलीसँग वान–टु–वान वार्ता समेत गर्ने छन् ।


प्रकाशित : वैशाख २८, २०७५ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?