कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुक्तिनाथमा मोदी मुग्ध

दीपक परियार, रासस

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरे । भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उनी बिहान ७:५५ मिनेट जाँदा मुक्तिनाथ ओर्लिएका थिए । भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गरे ।

मुक्तिनाथमा मोदी मुग्ध
मुक्तिनाथमा मोदी मुग्ध

पूर्वमन्त्री, सासंद, जनप्रतिनिधि, जिल्लाका सरकारी अधिकारी, सुरक्षा अधिकारी, स्थानीय संघसंस्थाका पदाधिकारी, मुक्तिनाथवासी सर्वसाधारण पनि मोदीको स्वागतमा खटिएका थिए । मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उनलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी (झुमा) हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उनले शोडषोपचार विधिद्वारा पूजा गरे । 'मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गर्नुभयो,' उनले भने, 'अर्चना एवं आरती स्वंले नै गर्नुभएको हो ।'

मुक्तिनाथमा मोदी मुग्ध

मुक्तिनाथमा मोदी मुग्ध

यत्रो अति विशिष्ट व्यक्तिमा अचम्मको धार्मिक श्रद्धा र विश्वास रहेको उनको भनाइ छ । स्वागत र सम्मानमा कुनै औपचारिक कार्यक्रम नराखिए पनि विभिन्न नेपाली विशिष्ट व्यक्तित्व र संघसंस्थाले मोदीलाई उपहार प्रदान गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दू धर्ममा पवित्र मानिने शालिग्राम उपहार प्रदान गरे ।

मुक्तिनाथमा मोदी मुग्ध

मुक्तिनाथमा मोदी मुग्ध

यस्तै मुक्तिनाथस्थित वारागुङ गाउँपालिकाले ताम्रापत्र र भेँडाको उनबाट बनेको गलैँचा उपहार प्रदान गरेको थियो । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले पनि गलैँचा उपहार दिए । मुक्तिनाथ विकास समिति, स्थानीय आमा समूहलगायत स्थानीय संघसंस्थाले पनि स्थानीय पहिचानका सामग्री उपहार प्रदान गरेका थिए । मन्दिर परिसरमा विभिन्न व्यक्ति एवं संस्थाले उपहार त दिएकै थिए फर्कने क्रममा बाटोमा एक स्थानीयले भोटे गुरुङ समुदायले लगाउने टोपी (छिरिङ किङ्गा) समेत लगाइदिएका थिए ।

मुक्तिनाथमा मोदी मुग्ध

मुक्तिनाथ वरपर टलक्क टल्कने हिमालका साथै अन्य रमणीय दृश्य हेरेर रमाएका मोदी स्थानीयले बजाएको (ङेङे) बाजा बजाउँदा स्थानीयवासी निकै दंग देखिन्थे । स्थानीयवासीसँग साक्षात्कार गर्नुका साथै भलाकुसारी गरेका मोदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी उनको वरपर स्थानीयलाई परपर सारे पनि मोदी आँफै स्थानीयवासीसँग रमाएको थिए । मोदी मुक्तिनाथको भ्रमणमा आउने पहिलो उच्च तहको विदेशी पाहुना हुन् । उनको भ्रमणले देश विदेशमा चिनिएको धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथको थप प्रसिद्धि बढ्ने ठानिएको छ । पर्यटन प्रवर्द्धनका अतिरिक्त मुक्तिनाथ क्षेत्रको विकासमासमेत भ्रमणलाई जोडेर हेरिएको छ । भ्रमण नेपाल र भारतबीचको सांस्कृतिक, धार्मिक सम्बन्ध सुदृढीकरणको कडी बन्ने ठानिएको छ ।

मुक्तिनाथमा मोदी मुग्ध

विकास, सहयोग आदानप्रदान, सुदृढ मैत्री सम्बन्धजस्ता विषयमा भ्रमण फलदायी हुने मुस्ताङवासीको अपेक्षा छ । जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामोले भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणको ऐतिहासिक महत्व रहेको बताए । भारतीय प्रम मोदीको मुक्तिनाथ भ्रमणले पर्यटन प्रवद्र्धनमा ठूलो महत्व राख्ने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचनले बताए । अन्तर्राष्ट्रिय जगत्मा मुक्तिनाथ क्षेत्रको पहिचान अभिवृद्धि हुने उनको भनाइ छ । 'मुक्तिनाथको प्रचारप्रसारमा भ्रमणले ठूलो सन्देश दिएको छ,' उनले भने, 'भ्रमण सफल र फलदायी बनेको छ ।'

मुक्तिनाथमा मोदी मुग्ध

मुक्तिनाथमा मोदी मुग्ध

मुक्तिनाथमा मोदी मुग्ध

मुक्तिनाथमा मोदी मुग्ध

प्रकाशित : वैशाख २९, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?