भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

काठमाडौँ — नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन् ।इन्डियन एयरको विशेष विमानमार्फत शनिबार अपराह्न मोदी स्वदेश फर्किएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिदाई अभिवादन गरेका थिए ।


प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौं आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए । काठमाडौंमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।


नेपाल भ्रमणका क्रममा जनकपुर र काठमाडौंमा प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गरिएको थियो । भारतीय प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो ।


उनी शुक्रबार साढे १० बजे जनकपुर आइपुगेका थिए ।


यी पनि पढ्नुहोस् ।

नेपाल–भारत सम्बन्धमा अब कुनै असमझदारी छैन : मोदी

नेपाल बिना धाम अधुरो, राम पनि अधुरो : प्रम मोदी

मोदी भ्रमण: ट्विटरमा नाकाबन्दी ट्रेन्डिङ

जनकपुरमा मोदी मुड (फोटो फिचर)

मोदी भ्रमण: साँचो दिएर स्वागत

हेलिकप्टरमा किन आएनन् मोदी ?



प्रकाशित : वैशाख २९, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?