कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपालको खुसी नै भारतको खुसी : मोदी 

मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेकाे बताए

काठमाडौँ — भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले नेपालको विकास आफ्नै प्राथमिकता र आवश्यकताको आधारमा हुनुपर्ने उल्लेख गरेका छन् ।

नेपालको खुसी नै भारतको खुसी : मोदी 

उनले काठमाडौं महानगरपालिकाको अभिनन्दन कार्यक्रममा नेपालको आवश्यता र प्राथमिकतामा सहयोग गर्न भारत सधै तत्पर रहेको उल्लेख गरे ।


'तपाईको सफलताका लागि भारत सधै काँधमा काँध मिलाएर चल्नेछ, तपाईको सफलता नै भारतको सफलता हो, नेपालको खुसी नै भारतको खुसी हो' उनले भने । मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेकाे बताए ।


उनले रेल लाइन, सडक निर्माण, जलविद्युत, ट्रान्समिसन लाइन, इन्टिग्रेटेड चेक पोष्ट वा तेलको पाइपलाइन जे सुकैमा पनि नेपाललाई सहयोग गर्न भारत सधै तयार रहेको बताए ।


घरहरु मात्र बनेन, समाजको पनि पुनर्निर्माण भयो ।


मोदीले तीन वर्षअघिको महाभुकम्पमा काठमाडौंबासीले देखाएको आदम्य सहासको सह्राना गर्दै त्यसपछि घरहरु मात्र नबनेर समाजको पनि पुनर्निर्माण भएको बताए ।


'आज नेपालमा संघीय, प्रान्तीय र स्थानीय तीन तहको लोकतान्त्रिक सरकार छ, एकै वर्षमा तीन तहमा चुनाव सम्पन्न गर्नुभयो, यो शक्ति तपाईहरुमा अन्तर्निहित छ, यसका लागि म ह्दयदेखि नै तपाईहरुलाई अभिनन्दन गर्दछु' उनले भने ।


मोदीले काठमाडौं वर्णनमा भने,


काठमाडौंले मलाई सधै आकर्षित गर्‍यो किनभने यो जति पुरानो छ, त्यति नै नयाँ पनि । जति गहन छ उति नै गम्भीर पनि । हिमालयको काखमा रहेको यो एउटा अनमोल रत्न हो । काठमाडौं, एउटा काठबाट बनेको मण्डप मात्र होइन, यो हाम्रो साझा संस्कृति र विरासतको महल हो । यस सहरको विविधतामा नेपालको महान विरासत र ठूलो दिलको झलक मिल्दछ ।


नागर्जुनको जंगल होस् या शिवपुरीको पहाड, सयौं झरना र जलधाराको शीतलता होस् या वाग्मतीको उद्गम, हजारौं मन्दिर, मञ्जुश्रीको गुफहरु, बुद्धका बिहारहरुको यस शहर अनौठो छ । घरको छतको एकतिर धौलागिरी र अन्नपूर्ण तथा अर्कोतिर सगरमाथा र कञ्चनजंगा । यस्तो दर्शन कही संभव छ भने सिर्फ काठमाडौंमा छ ।

प्रकाशित : वैशाख २९, २०७५ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?