आठ नेपाली सगरमाथा चुचुराेमा

यस वर्षको वसन्तकालीन सगरमाथा आरोहणका लागि बाटो खुल्यो
सुरज कुँवर

काठमाडौँ — यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियान अन्तर्गत आठ जना नेपालीहरुको समूह आइतबार दिउँसो चुचुरोमा पुगेको छ । सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार यस सिजनको बाटो निर्माण गर्दै हिडेँको टोली चुचुरोमा पुगेको हो ।

आठ नेपाली सगरमाथा चुचुराेमा

नेपालतर्फको मोहोडाबाट यो टोली विश्वको अग्लो चुचुरोमा पुग्न सफल भएको हो ।

‘आज दिउँसाे साढे तीन बजे आठ जना नेपाली गाइडको टोली चुचुरोमा पुगेको छ,’ सम्पर्क अधिकृत श्रेष्ठले आधार शिविरबाट कान्तिपुरसँग भने ।


उनका अनुसार, चुचुरोमा पुग्नेमा पासाङ्ग तेन्जिङ्ग शेर्पा, पासदावा शेर्पा, लाक्पा तेन्डी शेर्पा, जेनजेन लामा, सिद्धिबहादुर तामाङ्ग, पेम्बाछिरी शेर्पा, तेन्जिङ्ग ग्याल्जेन शेर्पा र दातुक भोटे छन् ।


यस वर्ष सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट ३८ वटा आरोहण दलका ३ सय ६४ सदस्य सगरमाथातर्फ गएका छन् । यी मध्ये ४ आरोहण दलमा २० जना नेपाली पनि रहेको श्रेष्ठले बताए ।


गत वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए । चैतदेखि सुरु भई जेठमा सकिने आरोहण सिजनमा १ सय ८९ विदेशी र २ सय ५९ नेपाली गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

प्रकाशित : वैशाख ३०, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?