कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ३ सांसद लामिछानेको निधन

लीला श्रेष्ठ

काठमाडौँ — आइतबार दिउँसो अत्याधिक रक्तचाप बढेपछि उपचारका लागि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएका प्रदेश ३ का प्रदेशसभा सांसद हरीशरण लामिछानेको मतिष्तक घातका कारण निधन भएको छ । 

प्रदेश ३ सांसद लामिछानेको निधन

भक्तपुर क्षेत्र १ 'ख' का एमाले सांसद लामिछानेको केएमसी सघन उपचार कक्षमा भेन्टीलेटरमा राखेर उपचार प्रयास भइरहँदा निधन भएको हो ।

उनको स्वास्थ्य अवस्था बारे जानकारी लिन सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल पुगेका थिए ।

भक्तपुर एमाले जिल्ला कमिटीका सचिवसमेत रहेका ५१ वर्षिय लामिछानेको श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपतिको अार्यघाटमा अन्त्यष्टी गरिने छ ।


प्रकाशित : वैशाख ३१, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?