कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन तस्करीको अभियोगमा हुण्डी कारोवारी पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — संगठित सुन तस्करीबारे अनुसन्धान गर्न बनेको बिशेष समितिले दुई जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । समितिको निर्देशनमा प्रहरीले काठमाडौंबाट दोलखा स्थायी ठेगाना भएका मुक्तिराम श्रेष्ठ र झापाको दमकमा सिद्धीकाली मनी ट्रान्सफर चलाएर बसेका बिनोद अधिकारीलाई पक्राउ गरेको हो । 

सुन तस्करीको अभियोगमा हुण्डी कारोवारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भईरहेको सुन तस्करीका मुख्य व्यवस्थापक भनिएका चुडामणी उप्रेती गोरेसँग यि दुईको आर्थिक कारोवार देखिएको समितिका एक सदस्यले बताए ।


स्रोतका अनुसार संगठित सुन तस्करीमा हुण्डीका कारोवारीहरुले सघाउ पुऱ्याईरहेको समितिको निष्कर्ष छ । स्रोतका अनुसार हुण्डी कारोबारीहरुले दुबईमा कार्यरत नेपाली कामदारहरुले घर पठाउन लागेको कामदारहरुको रकम उतै जम्मा गर्छन् र कारोवारीका नेपालस्थित सदस्यले उता जम्मा गरे बराबरको रकम यता भुक्तानी गर्छन् । यसरी दुबईमा जम्मा भएको रकम सुन किन्नमा प्रयोग हुने गरेको समितिका सदस्यहरुको बुझाई छ ।

प्रकाशित : वैशाख ३१, २०७५ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?