कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘तराई/मधेसको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

रासस

काठमाडौँ — प्रदेश नं २ का सांसदहरुले ‘तराई मधेसको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी ओलीसँग मंगलबार माग गरेका छन् । 

‘तराई/मधेसको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरुले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गरेका हुन् । उनहरुले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गर्नुभएको टोलीमा रहनुभएका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।


एमालेका सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरु जायज र आवश्यक भएको र आफू तराई मधेसका साथै सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए ।

प्रकाशित : जेष्ठ १, २०७५ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?