३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कांग्रेस संसदीय दल कार्यसमितिमा निर्विरोध

काठमाडौँ — कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष तहमा भएको छलफलपछि कार्यसमितिका सबै सदस्य निर्विरोध भएका हुन् । दलको कार्यसमिति सदस्यका लागि मंगलबार उम्मेदवारको मनोनयन र आगामी सोमबार निर्वाचनको कार्यक्रम तोकिएको थियो ।

कांग्रेस संसदीय दल कार्यसमितिमा निर्विरोध

संसदीय दलको नेतामा भने यसअघि नै पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । सदस्यमा सातवटा प्रदेशबाट एक/एक जनाको प्रतिनिधित्व हुने गरी मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडु निर्वाचित भएका छन् ।


जातीय समावेशी कोटाअन्तर्गत खस आर्यबाट तारादेवी भट्ट, राजेन्द्रकुमार केसी, आदिवासी जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेसीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा, दलितबाट मीनबहादुर विश्वकर्मा, विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । यीमध्येबाट दलका नेताले सचिव र कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।

प्रकाशित : जेष्ठ १, २०७५ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?