कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हुम्ला सदरमुकाम उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्क बाहिर

सुरज कुँवर

काठमाडौँ — सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन भएको छ । बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा छैन ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । उनले भने, 'उक्त समयमा अवतरण भएको छैन । जहाज सम्पर्क बाहिर छ । थप स्थिति बुझ्ने काम भइरहेको छ ।'

हुम्ला सदरमुकाम उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्क बाहिर

९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए । जहाज क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपालीले उडाएका थिए ।

यो एयरलाईन्स क्याप्टेन फिजु नेपालीको हो । यसअघि सिता एयर बेचेर फिजुले मकालु एयरलाइन्स किनेका थिए ।

यो कार्गो जहाज हो । त्यसो त यो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो ।

मकालुसँग २ वटा सिंगल इन्जिन भएको जहाज थियो तर पछि समिट एयरसँग एउटा जहाज किनेर ३ वटा बनाएको थियो । उक्त एयरलाइन्सले सुर्खेत र नेपालगन्जलाई आधार बनाएर मध्य र सुदुर पश्चिमका पहाडी र हिमाली जिल्लामा उडान भर्दै आएको थियो ।


हराइरहेको जहाज खोज्न सुर्खेतबाट हेलिकप्टर पठाइएको छ ।


दुई वर्षअघि २०७३ सालको साउन २० गते पनि मकालु एयरको सेस्ना–२०८ ग्रान्ड क्याराभान हवाईजहाजको इन्जिनले काम गर्न छाडेपछि फोर्स ल्यान्डिङ गराउन खोज्दा कर्णाली नदीमा बजारिएको थियो । उक्त दुर्घटनापछि त्यसका चालक सांगे लामा तथा सहचालक प्रशान्त शाह दुर्घटनाग्रस्त विमानबाट हाम्फालेर बाँचेका थिए ।

प्रकाशित : जेष्ठ २, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?