कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

शेखर अधिकारी

काठमाडौँ — नेकपा एमालेले बुधबार ४ बजेका लागि आकस्मिक रुपमा स्थायी कमिटीको बैठक डाकेको छ ।एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बैठकमा माओवादीसँग गर्न लागेको पार्टी एकताको मिति यथाशक्य छिटो तय गर्नका लागि छलफल हुने छ ।

एमालेले डाक्यो आकस्मिक स्थायी कमिटी बैठक

सरकार सञ्चालनमा असन्तुष्टि जनाएका माओवादीहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले देखाएको व्यवहारबाट थप रुष्ठ भएका थिए । पछिल्लो केही दिन यता चिसिएको सम्बन्धलाई सामान्य बनाउन प्रधानमन्त्री ओली आफैंले सकृयता देखाएका छन् । प्रधानमन्त्रीको सकृयतासँगै चिसिएको सम्बन्धमा सुधार आउनुका साथै एकता प्रकृयालाई पनि गति दिनुपर्नेमा दुवै दलका नेताहरु सहमत देखिएका छन् ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?