कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा

कुम्भराज राई

ओखलढुंगा — कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।

कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा

कामिरिताले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए । पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन् ।

उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ ।

कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो । उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए । चारवर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरे । उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरे ।

सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पुर्‍याए । तर उनले त्यसवर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन् । उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन् । संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे । त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन् ।

आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए । आप्पाले सन् २०११ बाटै आरोहण छोडे । फुर्वाले सन् २०१३ बाट छोडे । त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन् ।


प्रकाशित : जेष्ठ २, २०७५ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?