एमाले र माओवादी  एक हुँदै 

एकताको अन्तिम निर्णय गर्ने दुबै दलले डाके पार्टीका आन्तरिक बैठक
दुर्गा खनाल

काठमाडौँ — एमाले र माओवादी केन्द्रले पार्टी एकताको अन्तिम निर्णय गर्न दुबै दलका आन्तरिक बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहानको छलफल एकता गर्ने अन्तिम टुंगोमा पुगेपछि दुबै दलले त्यसम्बन्धि आन्तरिक निर्णय लिने प्रयोजनका लागि बैठक बोलाएका हुन् ।


बुधबारको सहमतिमा कुनै तलमाथि नभए दलहरुबीच विहीबार नै पार्टी एकताका घोषणा हुन सक्ने स्रोत बताएका छन्। यही बिषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक बुधबार चार बजे बस्ने छ।

Yamaha


एमालेले पार्टी केन्द्रिय कमिटीको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाएका हो। केन्द्रीय समितकिो बैठकको एजेण्डा पार्टी एकता सम्बन्धि राखिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

माओवादीले पनि केन्द्रीय कार्यालयको बैठक बुधबार ४ बजेका लागि बोलाएको छ। दुबै दलले पार्टीबाट आन्तरिक छलफल गरेर टुंगो लगाएपछि बिहीबार यससम्बन्धि प्रक्रिया टुंगो लगाउने छन्।

बिहीबार मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थानमा दुबै दलका नेताहरु सम्मिलित कार्यक्रम हुनेछ। त्यहाँ दुबै अध्यक्षहरुले सम्बोधन गर्नेछन्। त्यसपछि बाम एकता संयोजन समितिको बैठक बस्नेछ। त्यो बैठकले एकता सम्बन्धि अन्तिम निर्णय गर्ने बताइएको छ। त्यसपछि एमालेको केन्द्रीय समितिको बैठक बस्नेछ। त्यसपछि बिहीबार नै एकता घोषणा गर्ने तयारी रहेको एक नेताले जनाए।
एमाले र माओवादीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला गठबन्धन बनेको थियो। त्यही गठबन्धन नै अहिले पार्टी एकीकरण सम्म पुगेको हो। दुबै दलबीच एकीकृत पार्टीको अध्यक्षता संयुक्त रुपमा गर्ने यसअघि नै सहमति भइसकेको छ। केन्द्रीय समितिको संख्या पनि २ सय ९९ प्रस्तावित छ।

प्रकाशित : जेष्ठ २, २०७५ १३:४५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कामिरिता विश्व किर्तिमान राख्दै २२ औं पटक सगरमाथा शिखरमा

कुम्भराज राई

ओखलढुंगा — कामिरिता शेर्पाले २२ औं पटक सगरमाथा शिखरमा पाइला राख्दै विश्व रेकर्ड राखेका छन् । बुधबार बिहान ८ बजेर ३० मिनेटमा आरोहण गरेर उनले यसअघि २१ पटक सगरमाथा शिखरमा पुगेर आप्पा शेर्पाको विश्व किर्तिमानी तोडेका छन् ।

कामिरिताले आरोहणमा जानु अघि आफूले आप्पाको किर्तिमान तोड्न नभई काम र बाध्यताले जान लागेको बताएका थिए। पासाङल्हामु गाउँपालिका– ५, थामे सोलुखुम्बुका ४८ वर्षिय कामिरिता अब संसारको अग्लो शिखरमा सबैभन्दा बढी पाईला राख्ने आरोही बनेका छन्।
उनलाई सामाजिक सञ्जालमा देश विदेशदेखि शुभकामनाको ओइरो आउन थालेको छ।

कामिरिताले सगरमाथा चढ्न थालेको सन् १९९२ देखि हो। उनले पहिलो सफल आरोहण १९९४ मे १३ तारिखका दिन गरेका थिए। चारवर्ष उनले ‘रोप फिक्सिङ’ (क्याम्प २ देखि शिखरसम्म डोरी टाँग्ने) टोलीको नेतृत्व गरे। उनले एकै साल दुईपटक सम्म आरोहण पनि गरे।

सन् २०१२ मा रोप फिक्सिङ गरेर फर्किएपछि चौथो शिविरबाट विदेशी टोलीलाई चुचुरोमा पुर्‍याए। तर उनले त्यसवर्ष दुईपटक आरोहण गरेको प्रमाणपत्र पाएनन्। उनले ८ हजार मिटरको ५ वटा हिमाल चढिसकेका छन्। संसारकै जोखिमपूर्ण भनिएको पाकिस्तानको माउन्ट केटु सन् २०१४ मा आरोहण गरे। त्यसैगरि ल्होत्से, चोयु र मनास्लु चढिसकेका छन्।

आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए। आप्पाले सन् २०११ बाटै आरोहण छोडे। फुर्वाले सन् २०१३ बाट छोडे। त्यसपछि निरन्तर बढी पटक आरोहण गर्ने कामिरिता एक्ला आरोही हुन्।

प्रकाशित : जेष्ठ २, २०७५ १३:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT