१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

एमाले र माओवादी  एक हुँदै 

एकताको अन्तिम निर्णय गर्ने दुबै दलले डाके पार्टीका आन्तरिक बैठक
दुर्गा खनाल

काठमाडौँ — एमाले र माओवादी केन्द्रले पार्टी एकताको अन्तिम निर्णय गर्न दुबै दलका आन्तरिक बैठक बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहानको छलफल एकता गर्ने अन्तिम टुंगोमा पुगेपछि दुबै दलले त्यसम्बन्धि आन्तरिक निर्णय लिने प्रयोजनका लागि बैठक बोलाएका हुन् ।

एमाले र माओवादी  एक हुँदै 


बुधबारको सहमतिमा कुनै तलमाथि नभए दलहरुबीच विहीबार नै पार्टी एकताका घोषणा हुन सक्ने स्रोत बताएका छन् । यही बिषयमा छलफल गर्न एमाले स्थायी समितिको बैठक बुधबार चार बजे बस्ने छ ।


एमालेले पार्टी केन्द्रिय कमिटीको बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाएका हो । केन्द्रीय समितकिो बैठकको एजेण्डा पार्टी एकता सम्बन्धि राखिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।


माओवादीले पनि केन्द्रीय कार्यालयको बैठक बुधबार ४ बजेका लागि बोलाएको छ । दुबै दलले पार्टीबाट आन्तरिक छलफल गरेर टुंगो लगाएपछि बिहीबार यससम्बन्धि प्रक्रिया टुंगो लगाउने छन् ।

बिहीबार मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर एमालेको पुरानो पार्टी कार्यालय रहेको स्थानमा दुबै दलका नेताहरु सम्मिलित कार्यक्रम हुनेछ । त्यहाँ दुबै अध्यक्षहरुले सम्बोधन गर्नेछन् । त्यसपछि बाम एकता संयोजन समितिको बैठक बस्नेछ । त्यो बैठकले एकता सम्बन्धि अन्तिम निर्णय गर्ने बताइएको छ । त्यसपछि एमालेको केन्द्रीय समितिको बैठक बस्नेछ । त्यसपछि बिहीबार नै एकता घोषणा गर्ने तयारी रहेको एक नेताले जनाए ।

एमाले र माओवादीबीच प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला गठबन्धन बनेको थियो । त्यही गठबन्धन नै अहिले पार्टी एकीकरण सम्म पुगेको हो । दुबै दलबीच एकीकृत पार्टीको अध्यक्षता संयुक्त रुपमा गर्ने यसअघि नै सहमति भइसकेको छ । केन्द्रीय समितिको संख्या पनि २ सय ९९ प्रस्तावित छ ।


प्रकाशित : जेष्ठ २, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?