२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मकालु एयरको जहाज दुर्घटना : पाइलटको शव काठमाडौं ल्याइयो

कलेन्द्र सेजुवाल

सुर्खेत — मकालु एयरको सिंगल इन्जिनयुक्त जहाज दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यको शव काठमाडौं ल्याइ पुर्‍याएको छ । सिम्रिक एयरको हेलिकोप्टर शव लिएर करिब एक बजे
काठमाडौंको उडेको थियो ।

मकालु एयरको जहाज दुर्घटना : पाइलटको शव काठमाडौं ल्याइयो

सिम्रिक एयरका सुर्खेत प्रतिनिधि कमल गौतमका अनुसार हेलिकोप्टरमा सहचालक आदित्य नेपालीका बुवा एवं एयरलाइन्सका मालिक फिजुनाथ नेपाली पनि सँगै गएका छन् । दिउँसो पौने ३ बजे हेलिकोप्टर शिक्षण अस्पताल महाराजगंजमा अवतरण हुने गौतमले बताए । घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत ल्याएको थियो ।

सिम्रिक एयरको हेलिकोप्टरमा फिजुनाथसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वरिष्ठ अधिकारी सुर्खेत आएका थिए । उनीहरु भने पुन: घटनास्थल फर्कंदैछन् ।

बुधबार बिहान ६:१२ बजे सुर्खेतबाट कार्गो सामान लिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एन सिमकोटदेखि १०.७ नटिकल माइल दक्षिण–पश्चिम थार्पुनाथ गाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो ।

नेपाल प्रहरीका कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश शाहका अनुसार स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।

उक्त टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्टर त्यसतर्फ गएको थियो । घटनास्थल समुद्री सतहदेखि १२,८०० फिट उचाईमा अवस्थित छ ।

काठमाडौंको तस्बिरहरु : अंगद ढकाल/कान्तिपुर ।


प्रकाशित : जेष्ठ २, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?