२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज अध्यक्षमा राणा

ललितपुर — साप्ताहिक पत्रिकाका सम्पादकहरुको संस्था अन्तर्राष्ट्रिय समाजको नेपालमा ७ जना पदाधिकारी रहने गरि शाखा गठन भएको छ । 

सम्पादकहरुको अन्तर्राष्ट्रिय समाज अध्यक्षमा राणा

समाजको नेपालस्थित शाखाका अध्यक्षमा देशान्तर साप्ताहिक प्रधानसम्पादक कविर राणा भएका छन् । उपाध्यक्षमा दमौली एक्सप्रेस साप्ताहिक सम्पादक प्रदीप काफ्ले भएका छन् । सदस्यहरुमा मूलधार साप्ताहिक सम्पादक एवं नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्ट, मोर्चा साप्ताहिक सम्पादक एवं नेपाल पत्रकार महासंघ २ नम्बर प्रदेश अध्यक्ष दिपेन्द्र चौहान, देशान्तर साप्ताहिक सम्पादक विष्णुप्रसाद देवकोटा, नौलो विहानी साप्ताहिक सम्पादक तुला अधिकारी र चियाँबारी साप्ताहिक सम्पादक सोम अधिकारी छन् ।


समाज सन् १९५५ मा अमेरिकामा स्थापना भएको थियो ।


बेलायत, अष्ट्रेलिया, आयरल्याण्ड, क्यानडालगायत देशका साप्ताहिक पत्रिकाका सम्पादकहरु सदस्य रहेता पनि नेपालमा शाखा गठन गरिएको पहिलो हो । समाजले साप्ताहिक पत्रिकाको हक, हितको बारेमा आवाज उठाउने र नवगठित नेपाल शाखाले नेपाली साप्ताहिक पत्रिकाहरुको विकास प्रवर्द्धन गर्ने उद्देश्य बोकेको जनाइएको छ ।


प्रकाशित : जेष्ठ २, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?